रुकुममा एक लाख ९३२ मतदाताले मतदान गर्न पाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ३०, २०७३
|
|
७९१ पटक हेरिएको
Shares
रुकुममा एक लाख ९३२ मतदाताले मतदान गर्न पाउने

सारांश

  • आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
  • जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् ।
  • यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् । यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार ४३० मतदाताको सिफारिस गरेर पठाए पनि आयोगबाट तीन हजार ४९९ जनाको घटाएर अन्तिम नामावली पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिनुभयो । विसं २०७० को संविधानसभाको निर्वाचनमा भन्दा १५ हजार ४६० मतदाता यसपटक बढेका छन् । त्यतिबेला ८६ हजार ४६३ मतदाता थिए ।

यहाँको ग्रामीण क्षेत्रमा धेरैले मतदाता सूचीमा आफ्नो नाम भर्न छुटाएका बताइएको छ । कतिपयको पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएको र कतिपय रोजगारीका सिलसिलामा विदेशमा रहेकाले भोट हाल्नेको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?