सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २४, २०७७
|
|
४२ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग

सारांश

  • काठमाडौँ ( शेर्पा कल्चर ग्रुप बेल्जियमले पहिरो पीडितहरुलाई राहत सहयोग गरेको छ ।
  • हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको संयोजकत्वमा सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिकाका पहिरोपीडितलाई राहत वितरण गरिएको हो ।
  • पहिरो पीडित परिवारलाई शेर्पा कल्चर ग्रुप बेल्जियमको आर्थिक सहयोगमा हिमालयन साँस्कृतिक केन्द्रको समन्वयनमा भोटेकोशी गाउँपालिकाका–४ का वडाध्यक्ष साङ्दोर्जे शेर्पाको रोहवरमा राहत तथा आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

काठमाडौँ ( शेर्पा कल्चर ग्रुप बेल्जियमले पहिरो पीडितहरुलाई राहत सहयोग गरेको छ । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको संयोजकत्वमा सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिकाका पहिरोपीडितलाई राहत वितरण गरिएको हो ।

पहिरो पीडित परिवारलाई शेर्पा कल्चर ग्रुप बेल्जियमको आर्थिक सहयोगमा हिमालयन साँस्कृतिक केन्द्रको समन्वयनमा भोटेकोशी गाउँपालिकाका–४ का वडाध्यक्ष साङ्दोर्जे शेर्पाको रोहवरमा राहत तथा आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

भोटेकोशी गाउँपालिका–४ का ३०० पीडित परिवारलाई दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेललगायत सामग्री वितरण गरेको हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । उनका अनुसार शेर्पा कल्चर ग्रुप बेल्जियमले संकलन गरी पठाएको राहत वडामा समन्वय गरी हिमालयन शेर्पा साँस्कृतिक केन्द्रमार्फत पीडित परिवारलाई सहयोग उपलब्ध गराइएको हो । पहिरोमा मृत्यु भएका नौ जनाका परिवारलाई भने पाँच हजारका दरले नगद उपलब्ध गराएको अध्यक्ष शेर्पाले बताए ।

भोटेकोशी गाउँपालिका अन्तर्गत करिब २० गाउँका ५०० भन्दा बढी घरपरिवार पहिरोबाट समस्यामा परेका छन् । वडाध्यक्ष साङदोर्जी शेर्पाले वडा नम्बर ४ मा मात्र १० वटा गाउँका १६० परिवार विस्थापित भएका र पाँचजनाको ज्यान गएको जानकारी दिए । अध्यक्ष शेर्पाले वडा कार्यालयले विभिन्न संघसंस्था तथा व्यक्तिसँग समन्वय गरी पीडित परिवारलाई हालसम्म चारपटक राहत उपलब्ध गराइसकेको बताए । पहिरोमा परी बस्ने घरसँगै घरभित्र भएका खानेकुरा सबै पुरिएको थियो । उनले कोरोना महामारीका कारण मानिसहरू काममा जाने वातावरण समेत नभएको बताए ।

पहिरोपीडित परिवारलाई गाउँमै पुगेर राहत उपलब्ध गरेको र राहत वितरण कार्यक्रममा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पा, युवा संघका अध्यक्ष जाङ्बु शेर्पा, शेर्पा सञ्चार समूह नेपालकी अध्यक्ष निम्लेकी शेर्पा वडाध्यक्ष साङदोर्जे शेर्पा लगायत उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
Мостбет официальный сайт Mostbet рабочее зеркал
टिपरको ठक्करले नाबालकको मृत्यु
टिपरको ठक्करले नाबालकको मृत्यु
ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो: डा.  प्रकाशशरण महत
ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो: डा. प्रकाशशरण महत
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
अब रक्सी खानेलाई आपत!
पोखराको लेकसाइड र उपत्यका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने
पोखराको लेकसाइड र उपत्यका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने
नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही
एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली
एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली