कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

सारांश

  • काठमाडौं ।
  • राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।
  • एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश पाए ।

काठमाडौं । राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश पाए । तर, न्यायालयमा न्यायाधीश नियुक्ति हुन सकेको छैन।

सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम (कामु) प्रधानन्यायाधीशबाटै न्यायालय चलिरहेको छ । संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा रोकिँदा कानुनी रिक्तताका कारण प्रधानन्यायाधीश तत्काल नियुक्त हुनसक्ने अवस्था छैन ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई पटकपटक अध्यादेशमार्फत संशोधन गरेको थियो । ओली सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भयो भने त्यही अध्यादेशका कारण पुरानो ऐनका कतिपय प्रावधान पनि निष्क्रिय हुन पुगेको छ । जसका कारण हाल प्रधानन्यायाधीश नियुक्तिमा पनि जटिलता देखिएको हो ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनका लागि संसद्मा विधेयक दर्ता गरेको छ । तर, सो प्रक्रिया अझै अगाडि बढ्ने सम्भावना नभएकाले प्रधानन्यायाधीश नियुक्ति अनिश्चित छ । अध्यादेशका कारण बैठक बस्न सक्ने ऐनसमेत निष्क्रिय भएकाले सो प्रक्रिया पुनः सक्रिय बनाउनका लागि संसद्बाट विधेयकमार्फत पारित गरेपछि मात्रै सक्रिय हुन्छ ।

सरकारले पटकपटक ल्याएको अध्यादेशले संवैधानिक परिषद्को गणपूरक संख्या र निर्णय प्रक्रिया किटान गरेको संवैधानिक परिषद्सम्बन्धी ऐनको दफा ६ खारेज गरेको थियो । कानुन व्याख्यासम्बन्धी ऐनअनुसार खारेज भएका ऐन स्वतः जाग्दैन, त्यसका लागि संसद्मा विधेयक लगेपछि मात्रै ब्युँतन्छ ।

यदि, सो अध्यादेशलाई संसद्ले स्वीकार गरेको भए नयाँ प्रावधान लागू हुन्थ्यो । तर, अध्यादेश संसद्ले पारित नगरेपछि निष्क्रिय भइसकेको छ । त्यसैले, दफा ६ फेरि ब्युँतिन सकेन । तत्कालीन ओली सरकारले ८ वैशाख २०७७, ३० मंसिर २०७७, २१ वैशाख २०७८ र ३ साउन २०७८ मा गरी चारपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

संवैधानिक परिषद्सम्बन्धी कानुनी रिक्तताको परिपूर्तिका लागि भन्दै देउवा सरकारले २२ असार २०७९ मा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको थियो । अब नयाँ संसद्को अधिवेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐनलाई विधेयकका रूपमा संशोधन गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट जगाउनुपर्ने छ । तत्काल त्यो अवस्था भने देखिँदैन ।

प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित भएपछि लागू हुनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपश्चात् कानुनका रूपमा संवैधानिक परिषद्सम्बन्धी ऐन लागू हुनेछ । त्यसपछि मात्रै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशका लागि सिफारिस गर्न सकिनेछ । तत्कालै संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा दर्ता भएर प्रमाणीकरण हुन अझै दुई महिना लाग्न सक्नेछ । सो समयसम्म पनि संसदीय सुनुवाइ समिति नबने प्रधानन्यायाधीश सिफारिस गर्न सम्भव देखिँदैन ।

संविधानमा संवैधानिक परिषद्सम्बन्धी के छ व्यवस्था ?
संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था गरिएको छ । सो धाराको उपधारा ३ मा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भनिएको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष प्रतिनिधिसभाको विपक्षी दलका नेता हुने व्यवस्था छ । प्रधानन्यायाधीशको सिफारिसमा कानुनमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ ।

अहिले सबै पदाधिकारी पूर्ण भइसकेका छन् । प्रधानन्यायाधीश सिफारिसका लागि कानुनमन्त्री संवैधानिक परिषद्को सदस्य हुन्छन् । संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ नियुक्तिका लागि नाम सिफारिस भइसक्नुपर्नेछ ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित पाँच पद रिक्त, न्यायाधीश सिफारिस अलपत्र
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । सर्वोच्चमा उमेर हदका कारण न्यायाधीशको कार्यकाल सकिएका कारण अहिले प्रधानन्यायाधीशसहित पाँच जनाको पद खाली छ । एक वर्षको बीचमा उमेर हदका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, तेजबहादुर केसी, दीपककुमार कार्की र बमकुमार श्रेष्ठले अनिवार्य अवकाश पाइसकेका छन् ।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा संसदीय सुनुवाइ हुन सकेको छैन । न्यायपरिषद्ले गत २१ भदौमा उच्च अदालतका कामु मुख्यन्यायाधीशद्वय नीता गौतम दीक्षित, विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिस गरेकामध्ये पहिलो वरीयतामा रहेकी उच्च अदालतकी कामु मुख्य न्यायाधीश नीता गौतम दीक्षितले १८ मंसिरमा अवकाश पाइसकेकी छन् । संसदीय सुनुवाइबाट अनुमोदन हुन सकेको भए गौतम दुई वर्ष सर्वोच्च अदालतको न्यायाधीश बन्ने थिइन् । सर्वोच्च अदालतको न्यायाधीशको उमेर हद ६५ वर्ष र उच्च अदालतका न्यायाधीशको ६३ वर्षमा अवकाश हुने संवैधानिक व्यवस्था छ ।

२१ भदौमा न्यायाधीश सिफारिस भएको जानकारीसहितको पत्र न्यायपरिषद् सचिवालयबाट संसदीय सुनुवाइ विशेष समितिमा पुगेको पनि थियो । त्यसपछि सुनुवाइ समितिको बैठक पनि बस्यो, तर सिफारिस भएका तीन न्यायाधीशका ’boutमा कुनै निर्णय नहुँदै प्रतिनिधिसभाको कार्यकाल सकियो ।

उच्च कामु मुख्यन्यायाधीशको भर
देशभरका उच्च अदालतमध्ये उच्च अदालत दीपायलबाहेक सबै कामुको जिम्मेवारीमा चलेका छन् । उच्च अदालत दीपायलमा मुख्य न्यायाधीशका रूपमा नृपध्वज निरौला रहेका छन् ।

उच्च अदालत पाटनमा त कामु पनि छैनन् । उच्च अदालत विराटनगरमा सत्यमोहन जोशी थारूलाई कामु तोकिएको छ । उच्च अदालत तुलसीपुरमा कामुको जिम्मेवारी गोपाल भट्टराईलाई दिइएको छ ।

उच्च अदालत जनकपुरमा गुणराज ढुंगेल, उच्च अदालत पोखरा डिल्लिराज आचार्य, उच्च अदालत सुर्खेतमा माधवप्रसाद पोखरेल रहेका छन् । उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस नहुँदा न्यायाधीश सिफारिस पनि रोकिएको छ ।

(Temazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Precisely what is The Actual Oriental Mail Order Bride?
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
९ महिनामा २४ बलात्कारका घटना
९ महिनामा २४ बलात्कारका घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
चेल्सीद्वारा क्लबमाथि लागेको प्रतिबन्ध हटाउन फिफासँग अपिल
चेल्सीद्वारा क्लबमाथि लागेको प्रतिबन्ध हटाउन फिफासँग अपिल
जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत

तपाईंले छुटाउनुभयो कि?