कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि कास्की देशकै राजनीतिको इपिसेन्टर बनेको छ ।
  • लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि कास्की देशकै राजनीतिको इपिसेन्टर बनेको छ ।

लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ । देशभरिका मिडिया यतिवेला पोखरा केन्द्रित भएका छन् ।

उता, आफ्नो सभापति पक्राउ परेपछि राजनीतिक प्रतिशोधको विरुद्धमा लडाईं लड्ने भन्दै रास्वपाका मुख्य नेतादेखि कार्यकर्ताहरुपनि पोखरामा नै भेला भएका छन् । कास्कीको सुरक्षा अवस्था संवेदेनशील बनेको छ। प्रहरीपनि ठूलो मात्रामा परिचालित छ । कास्कीको प्रशासनिक कमाण्ड सिडिओ भरतमणि पाण्डे र सुरक्षाको कमाण्ड एसपी श्यामबाबु ओलियाले सम्हालेका छन् ।

पाण्डे गत जेठबाट नै कास्कीको सिडिओको रूपमा कार्यरत छन् । एसपी ओलिया भने हालै कास्की पुगेका हुन् । अहिले सिडिओ पाण्डे र एसपी ओलिया केन्द्र सरकारको निगरानीमा परेका छन् । रविलाई आज म्याद थप गर्न जिल्ला अदालत लैजाने क्रममा सुरक्षा कमजोरी भएको केन्द्र सरकारको निश्कर्ष छ । गृहमन्त्री रमेश लेखकले रविलाई अदालत परिसरभित्रै खुला रुपमा बोल्न दिईएकोमा फायर छन् ।

जहाँ लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोख्नुको साथै ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेताको संज्ञा दिएका थिए । यो विषयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि समन्वय गरेका छन् । गृह मन्त्रालयनिकट उच्च स्रोतकाअनुसार कास्कीका प्रहरी प्रमुख ओलियालाई तत्कालै काठमाडौं तान्नेगरि तयारी भएको छ ।

उता, सिडिओ पाण्डेले पनि जिल्लाको शान्ति तथा सु-व्यवस्था कायम राख्ने सवालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने निश्कर्षमा गृह प्रशासन पुगेको छ । उनलाई पनि एसपी ओलियासँगै फिर्ता बोलाउनेगरि गृहकार्य भएको छ । प्रधानमन्त्री ओली आज पार्टीको सचिवालय बैठकमा व्यस्त भएकोले थप निर्णय लिन ढिलाई भएपनि भोलिसम्म यसबारेमा निर्णय लिईसक्ने गृहमन्त्री लेखकको तयारी छ ।

पाण्डे त लामिछाने गृहमन्त्री भएको बेलामा गत जेठमा नै गृहमन्त्रालयमा कार्यररत रहँदानै कास्कीको सिडिओ बनेर पुगेका थिए । उनी चितवनका स्थायीवासी हुन् । चितवन लामिछानेको निर्वाचत क्षेत्र हो । रविले चितवन–२ बाट चुनाव जितेका हुन् । जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सुनचाँदीको मूल्य स्थिर
आज सुनचाँदीको मूल्य स्थिर
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
निर्मला हत्या प्रकरणः थप दुई व्यक्तिको डिएनए परीक्षणको तयारी
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न डिजिटल नेपाल अपरिहार्यः प्रधानमन्त्री
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि