कान्समा यी हिरोइनले लगाएको ड्रेस भयो भाइरल
सारांश
- काठमाडौं।
- कान्सको रेड कार्पेटमा एक नायिक बेहोस भएकी छिन् ।
- उनी आफूले लगाएको ड्रेसका कारण बेहोस भएकी हुन् ।
काठमाडौं। कान्सको रेड कार्पेटमा एक नायिक बेहोस भएकी छिन् । उनी आफूले लगाएको ड्रेसका कारण बेहोस भएकी हुन् । आफू बेहोस भएको उनी आफैंले खुलासा गरेकी हुन् । अमेरिकी नायिका एले फानिङ निकै कसिलो लुगा लगाएका कारण बेहोस नै भइन् ।
वास्तवमा एले कोपार्ड ट्रफी डिनर पार्टीमा पुगेकी थिइन् । उनी कार्यक्रमको बिचमा नै बेहोस भइन् तर उनी तत्कालै ठिक पनि भइन् । यसबारे उनले आफ्नो सोसल मिडियामा समेत जानकारी दिँदै चिन्ता गर्नुपर्ने स्थिती नभएको बताएकी छिन् । त्यहाँ उपस्थित प्रत्यक्षदर्शीका अनुसार यो घटना यति छिटो भयो कि धेरैले उनी बेहोस भएको देख्दा पनि देखेनन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया