‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो

सारांश

  • काठमाडौं, ९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा फैलिएको छ ।
  • प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणले नेपालको समृद्धि मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको हो ।
  • यसअघि नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो नारालाई पटक-पटक दोहोर्याएका थिए ।

काठमाडौं, ९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा फैलिएको छ । प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणले नेपालको समृद्धि मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको हो ।

यसअघि नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो नारालाई पटक-पटक दोहोर्याएका थिए । चीनका प्रधानमन्त्री ली खछयाङले पनि समृद्ध नेपाल, सुखी नेपालीको नारा छुटाएनन् ।

नयाँ संविधानको कार्यान्वयनपछि तीनै तहको निर्वाचन सम्पन्न भई बनेको सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पनि अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको छ ।

प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भेटवार्ताले आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

सरकारी तथा निजीस्तरमा भएका सम्झौता र सहमतिले नेपाल लगानीका उपयुक्त गन्तव्य भएको सन्देश गएको छ भने राजनीतिक स्थायित्व कायम भएको भरपर्दो सन्देश चिनियाँ पक्षलाई विश्वास दिलाउन सफल भएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को मुद्दा चीनले आधिकारिकरुपमै स्वीकार गरेर यसका लक्ष्य प्राप्तिमा चीनको सक्दो सहयोग हुने प्रतिबद्धताले पनि नेपालको समृद्धिप्रतिको मुद्दा विस्तार भएको हो ।
नेपालको विशेष प्राथमिकतामा परेको रेलमार्गसम्बन्धी प्रस्तावलाई चीनका राष्ट्रपतिकै तहबाट ‘इन्डोर्स’ भएको छ । यो नेपाल र नेपालीका लागि अत्यन्त महत्वपूर्ण विषय हो । भविष्यमा यो विषयले क्षेत्रीयरुपमा नै असर पार्ने देखिन्छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा सात वर्षभित्र रेल आउने विश्वास व्यक्त गर्दा विश्वकै शक्तिशाली चीनका राष्ट्रपतिले अपनत्व लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?