संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त

सारांश

  • काठमाडौं।
  • संखुवासभामा सरकारद्वारा प्रतिवन्धित विप्लव समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ।
  • जिल्लाको सिलिचुङ गाउँपालिकामा विप्लव समूहका कार्यकर्ता र सुरक्षाकर्मीबीच गोलीहाना भएको हो।

काठमाडौं। संखुवासभामा सरकारद्वारा प्रतिवन्धित विप्लव समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ। जिल्लाको सिलिचुङ गाउँपालिकामा विप्लव समूहका कार्यकर्ता र सुरक्षाकर्मीबीच गोलीहाना भएको हो। सोमबार विहान साँढे नौ बजे विप्लव समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। ‘घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा भएका कारण विस्तृत विवरण आइसकेको छैनर,’ प्रजिअ दुलालले शिखरन्युजसँग भने, ‘आज विहान साढे नौ बजे विप्लव समूह र सुरक्षाकर्मीबीच ‘क्रस फायर’ भएको सूचना आएको छ।’प्रजिअ दुलालका अनुसार घटनास्थल सदरमुकामबाट टाढा र केही दुर्गम भएका कारण फोन सम्पर्कसमेत हुन सकेको छैन।

विप्लव समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको खबर पाएपछि सदरमुकामबाट थपसुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको प्रजिअ दुलालले जानकारी दिए।सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। सरकारी प्रतिबन्धपछि पनि विप्लव समूहको गतिविधि भने नियन्त्रणमा आइसकेको छैन। केही समय अगाडि सुरक्षाकर्मीको कारवाहीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?