जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
४१ पटक हेरिएको
Shares
जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह

सारांश

  • एजेन्सी, २९ मंसिर ।
  • जापान एयरलाइन्सले खानाको फोहर घटाउन आफ्ना यात्रुलाई खानाको परिकार परिवर्तन गरी कम वा नखान सल्लाह दिएको छ ।
  • बिमानले आफ्नो रकम घटाउनकालागि नभइ खानाको फोहरमा न्युनीकरण गर्न उक्त कदम चालेको जनाइएको छ ।

एजेन्सी, २९ मंसिर । जापान एयरलाइन्सले खानाको फोहर घटाउन आफ्ना यात्रुलाई खानाको परिकार परिवर्तन गरी कम वा नखान सल्लाह दिएको छ । बिमानले आफ्नो रकम घटाउनकालागि नभइ खानाको फोहरमा न्युनीकरण गर्न उक्त कदम चालेको जनाइएको छ ।

एयरलाइन्सद्वारा एसिया प्रशान्त भित्रका उडानमा भने उक्त नियम लागु गरिएको छैन् । रात्री कालिन उडानमा यात्रुहरु उठेर खानु भन्दा पनि सुत्ने विषयलाई प्रथमिकता दिएको कारण उक्त नियमलाई लागु गरिएको हो । बिमानले प्रत्येक यात्रुको लागी भोजनको व्यवस्था गरेको हुन्छ त्यसमभ्ये कतिपय सुत्नु नै आवश्यक ठान्दछन् भने कतिपयले आफ्नो खानाको व्यवस्था आफ्ै गर्ने गर्दछ ।

यस्ता प्रभावकारी नियम संयुक्र राष्ट्रसंघको दिगो विकास लक्ष्य एसडिजीले लागु गरेको हो। उक्त समितीले विश्वभर खानाको फोहर न्युनीकरण गरिरहेको छ । यस नियमलाई सर्वप्रथम ब्याङकक देखि टोक्योसम्मको उडानमा परिक्षण गरिएको थियो । यात्रुको टिकट कन्फर्म भएपश्चात बिमान कम्पनीले अगावै खाने विषयमा जानकारी लिने व्यवस्था गरेको छ । जापान एयरलाइन्सले महिला र पुरुषलाई छुट्टा छट्टै अभिवादन गर्न बन्द गरी सम्पूर्ण यात्रुलाई एक सामान अभिवादन गर्ने कार्यक्रलाई लागु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?