कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी

सारांश

  • सुर्खेत, २३ साउन ।
  • कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेवा प्रवाहका गुनासा बढी आउने गरेका छन् ।
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २४ गतेदेखि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा १०९६ शुरु गरेको थियो ।

सुर्खेत, २३ साउन । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेवा प्रवाहका गुनासा बढी आउने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २४ गतेदेखि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा १०९६ शुरु गरेको थियो । सेवाप्रारम्भ भएयता सेवा समयमै र नियमित प्राप्त एवं जनमुखी नभएको, बेलैमा योजना नबन्ने, बनेका योजना गुणस्तर नहुने, अनियमितताविरुद्ध परेका निवेदनमाथि कारबाही नहुनेजस्ता सेवा प्रवाहसँग जोडिएका गुनासा बढी छन् ।

सेवा सञ्चालन भएदेखि कार्यालयमा आजसम्म सार्वजनिक महत्वका १५५ गुनासा लिपिवद्ध गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशव उपाध्यायले जानकारी दिए। सार्वजनिक सेवासँग सम्बन्धित गुनासा ३१, विद्युत्का १९, शिक्षाका १०, सञ्चारका नौ, स्वास्थ्यका आठ, खानेपानीका सात, बाटोघाटोका सात तथा विविधतर्फ २० गुनासा परेको प्रवक्ता उपाध्यायले बताए ।

विद्युत् लाइन गइरहने, भोल्टेज कमका कारण काम बन्द हुने, खानेपानी बेलैमा नआउने र त्यसको शुद्धीकरण नभएको, टेलिकम सेवा प्रभावकारी नभएको, सडक धुलाम्य र खाल्डाखुल्डी परेकाले आवातजावतमा समस्या हुने, खोलामा फोहर फाली वातावरण प्रदूषित बनाएको, महिला असुरक्षित हुँदै गएकोलगायत गुनासो कार्यालयमा आएको छ । वर्षाँैदेखि पुल नबन्दा नागरिकले सास्ती भोग्नुपरेको, विद्यालयमा दरबन्दी अभाव, सरकारी सामुदायिक विद्यालयमा शिक्षकको अनियमिता, योजनामा भ्रष्टाचार भएको, राजमार्ग बनेर नाला नबनेको, निर्माण व्यवसायीको लापर्बाही, विकास निर्माणमा भएको गतिरोधजस्ता दोस्रो थरिका गुनासा आएको उपाध्यायले बताएबच।

नागरिकका गुनासालाई प्राथमिकतामा राखेर मुख्यमन्त्रीले हेर्ने र महत्वका आधारमा कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने प्रक्रिया अघि बढाइएको छ । केही गुनासा मौखिकरूपले सम्बन्धित व्यक्तिलाई भनेर सम्बोधन गर्ने गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?