‘कालिका दर्शन वर्ष’ मनाइदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
४० पटक हेरिएको
Shares
‘कालिका दर्शन वर्ष’ मनाइदै

सारांश

  • विसं २०८० लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ ।
  • यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो ।
  • छ ।

विसं २०८० लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो ।छ । मन्दिर गुठीका अध्यक्ष राजु खड्काका अनुसार विसं २०८० मा ५० लाख दर्शनार्थीरपर्यटक मन्दिरमा भित्र्याउने लक्ष्य लिइएको छ । “दुई वर्ष पूर्वाधार तयारी र प्रचारप्रसारको काम गर्छौ”, उनले भने, “विसं २०८० मा बढीभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकलाई मन्दिरको दर्शन गराउने, घुमाउने योजना छ ।” मन्दिरलाई जोडेर जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय सम्पदाको प्रवद्र्धन गरिने अध्यक्ष खड्काको भनाइ छ ।

सो वर्ष हरेक महिना जिल्लास्तरमा विशेष ढङ्गले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । त्यसका लागि स्थानीय तहदेखि राज्यका निकाय र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरिने गुठीले जनाएको छ । प्रवासी नेपाली र तिनका संस्थामार्फत दर्शन वर्षको प्रचारप्रचार विदेशमा गरिने अध्यक्ष खड्काले बताए।दर्शन वर्षको कार्यक्रमिक खाका बनाउने काम अहिले भइरहेको जनाइएको छ । सोही वर्षदेखि कालिका मन्दिर परिसलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने पनि तयारी भइरहेको छ । विसं २०७९ सम्ममा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित र न्यूनीकरण गर्दै जाने गुठीको योजना छ ।

‘कालिका दर्शन वर्ष’ ले जिल्लाको धार्मिकसँगै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । उनले बागलुङको पर्यटनलाई उकास्न कालिका दर्शन वर्ष जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले टेवा पुर्याउने उल्लेख गरे ।

सरकारद्वारा सूचीकृत पर्यटकीय गन्तव्यस्थलमा पर्ने कालिका भगवती मन्दिरमा बर्सेनि बडादशैँ र चैत्राष्टमी पर्वमा ठूलो मेला लाग्ने गर्छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । देशका विभिन्न भागदेखि भारतसम्मबाट यहाँ दर्शनार्थी आउँछन् ।

माघ र साउन महिनाबाहेक वर्षभरि नै मन्दिरमा भक्तजनको भीड लाग्छ । विसं १५९१ मा स्थापित सो मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी उठ्छ । बागलुङ नगरपालिका–१ मा पर्ने मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गरिए पनि त्यसले अझै साथर्कता पाएको छैन । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता
मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
शिक्षामा वार्षिक १ खर्ब २६ अर्ब- करिब ५ लाख बालबालिका अझै स्कुल जान्नन्
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
आजबाट हावा पश्चिम बहने, सलह पनि त्यतै जाने अनुमान
आजबाट हावा पश्चिम बहने, सलह पनि त्यतै जाने अनुमान
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट
राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट
काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ : प्रधानमन्त्री ओली
काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ : प्रधानमन्त्री ओली