मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता

सारांश

  • काठमाडौं, २७ बैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
  • शुक्रबार दुई दिने राजकीय भ्रमणको लागि नेपाल आउन लागेका मोदीको सुरक्षाको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार दुई दिने राजकीय भ्रमणको लागि नेपाल आउन लागेका मोदीको सुरक्षाको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मोदीले भ्रमण गर्ने जनकपुर, काठमाडौं, मुक्तिनाथ लगायतका क्षेत्रहरुमा सुुरक्षा व्यवस्था कडा पारिएको हो । मोदीको सुरक्षाको लागि चारवटै सुरक्षा निकाय परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागका साथै भारतबाट आएका विशेष कमाण्डोले मोदीलाई सुरक्षा प्रदान गर्ने प्रवक्ता सुवेदीले बताए ।

मोदीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर राजधानी लगायतका क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा मोदीको नेपाल भ्रमणलाई लिएर विरोध हुन थालेपछि प्रहरीले नयाँ रणनीति ल्याएको छ ।

प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जालमा मोदीको विरोध गर्नेलाई ठाउँको ठाउँ पक्राउ गरिनेछ । सामाजिक सञ्जालमा मोदी भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइने प्रहरीले स्रोत बतायो । त्यस्तै प्रहरीको निशानामा नेपाल कम्युष्टि पार्टी (नेकपा) र राष्ट्रवादी मोर्चा ग्रेटर नेपालका नेता तथा कार्यकर्ताहरु पनि रहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sunena Kandangwa

    Hamilai chaina ko aadunik rail chiyako chha tyo varatko khatara rail hoina

    Comment Author

    Sunena Kandangwa

    Nepai jantAle ka harerachha varatle 10 barsama garna bikash chinale 1 barsama garna sakcha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा भएको यो खराब काममा भारतीय नागरिकहरु अगाडि
नेपालमा भएको यो खराब काममा भारतीय नागरिकहरु अगाडि
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
हट्यो टिकटकमाथिको प्रतिबन्ध
हट्यो टिकटकमाथिको प्रतिबन्ध
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
६ वर्षीय बालिका दाजुबाट बलात्कृत !
६ वर्षीय बालिका दाजुबाट बलात्कृत !
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
कोहलपुरको नमूना बसपार्क सञ्चालनमा आउने
कोहलपुरको नमूना बसपार्क सञ्चालनमा आउने