ए डिभिजन लिग फुटबल: एनआरटीमाथि च्यासलको जित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ए डिभिजन लिग फुटबल:  एनआरटीमाथि च्यासलको  जित

सारांश

  • काठमाडौं, ६ मंसिर ।
  • शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
  • ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

काठमाडौं, ६ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । च्यासलको जितमा बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरे । एनआरटीका मोसोद अग्बोलाले गोल फर्काएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको च्यासलले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । खेलको १४ औं मिनेटमा नै अमिरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा फेरि अर्को गोल थप्दै अमिरले टिमलाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा विमल घर्तीमगरले हेडमार्फत गोल गरे भने ६३ औं मिनेटमा विमलको पासमा सन्तोष साहुखलले सुन्दर गोल गर्दै च्यासललाई ४–० को अवस्थामा पुर्‍याए । त्यस्तै, खेलको ८६ औं मिनेटमा विमलले दोस्रो व्यक्तिगत गोल गर्दै च्यासललाई ५–० गोलको अग्रता दिलाएका थिए ।खेलको अतिरिक्त सयममा एनआरटीले एक गोल फर्कायो । एनआरटीका लागि मोसोद अग्बोलाले गोल गर्दै ५–१ गोलको स्थितिमा पुर्‍याएका थिए । तर च्यासललाई एनआरटीले रोक्न भने सकेन ।बिहीबार नै दोस्रो खेलमा लिग लिडर थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा प्रतिस्पर्धा हुदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?