किङ खान र खेलाडिलाई सिंघमको टक्कर

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
किङ खान र खेलाडिलाई सिंघमको टक्कर

सारांश

  • बलिउडमा केही जोडी प्रतिश्पर्धाका लागि निकै चर्चित छन् ।
  • त्यो मध्ये एक जोडी हो बलिउडका सिंघम अजय देवगन र किङ खान भनेर चिनिने शाहरुख खानको जोडी ।
  • कारण हो काजल ।

बलिउडमा केही जोडी प्रतिश्पर्धाका लागि निकै चर्चित छन् । त्यो मध्ये एक जोडी हो बलिउडका सिंघम अजय देवगन र किङ खान भनेर चिनिने शाहरुख खानको जोडी । कारण हो काजल । हाल काजल र अजय वैवाहिक जीवनमा बाँधिए पनि पहिले एक समय थियो जब काजललाई दुवै कलाकार शाहरुख र अजयसँग समान रुपमा देख्न सकिन्थ्यो ।

अजयका अर्का प्रतिश्पर्धि थिए अक्षय कुमार । कारण दुवै एकै समयमा बलिउड छिरेका र धेरै पटक आफूहरु अभिनित चलचित्र उही समय रिलिज हुनु । यो वर्षको सुरु मै पनि अजय र अक्षयको फिल्म जुधेका थिए । अजयको फिल्म रेड ले अक्षयको प्याडम्यान लाई कडा टक्कर दिएको थियो ।

अब अजय अब्दुल रहीम मा देखिने पक्का भएको छ । यो फिल्म एक प्रशिक्षक र खेलाडिको सम्बन्धका बारेमा हुनेछ । जसको कथा अक्षय कुमारको गोल्ड र शाहरुख खानको चक दे इण्डिया सँग मिल्दो हुनेछ ।

चक दे इण्डिया २००७ मा रिलिज भएको सफल चलचित्र हो भने अक्षय कुमारको गोल्ड आउने अगस्तमा रिलिज हुँदैछ ।

यस्तोमा अजय देवगनकोे फिल्म अब्दुल रहीम ले दुवै सुपरस्टारलाई टक्कर दिने प्रष्ट देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?