हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३३ पटक हेरिएको
Shares
हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट

सारांश

  • काठमाडौं ।
  • नेपाली युवा टोली मलेसियामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि छनौट भएको छ ।
  • एसीसी यू- १९ पूर्वी क्षेत्र छनौटको फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले एसिया कप सहभागिता पक्का गरेको हो ।

काठमाडौं । नेपाली युवा टोली मलेसियामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि छनौट भएको छ । एसीसी यू- १९ पूर्वी क्षेत्र छनौटको फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले एसिया कप सहभागिता पक्का गरेको हो ।

मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले पाँच विकेटले हराएको हो । सो उपाधिसहित नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको छ । हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४.४ ओभरमा पूरा ग¥यो ।

प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन जोडे । ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए । नेपालले खेलको १४ औँ ओभरमा दुई विकेट गुमाएको थियो ।

बलिङतर्फ हङकङकका करनदीप सिंहले तीन विकट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो । हङकङका हरप्रित सिंहले सर्वाधिक २० रन बनाए । बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन तीन विकेट लिए भने अनिलकुमार र दीपेन्द्रसिंहले एक एक विकेट लिए । हङकङका दुई ब्याटसम्यान रनआउट भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?