पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।
  • थापाले पुर्ब प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिबर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको दाबी गरेका छन् ।
  • हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी अध्यक्ष गर्न सुझाउ दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । थापाले पुर्ब प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिबर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको दाबी गरेका छन् ।

हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी अध्यक्ष गर्न सुझाउ दिएका छन् । भट्टराईजि म सङ्गै अध्ययन गरेको मित्र हुनुहुन्च, हिन्दु धार्मिक ग्रन्थले कहि कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन भन्दै थापाले जातिय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए ।

हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला ब्यबसायिको सेटिङ्गमा मनपरी ढंगले संचालन भएको आरोप लगाए । मुलुकमा मनपरी छ, जसले जे गरेनी हुने अबस्था आयो, कोहि कसैसङ्ग डराउनु नपर्ने भयो भन्दै थापाले ब्रम्हलुटको विरुद्ध जनता जाग्नु पर्ने बिचार ब्यक्त गरे । बाईडबडी, ३३ क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर, मेलम्ची, बुढिगन्डकी प्रकरण ब्रम्हलुटको नमुना भएको दृष्टान्त दिए ।

कम्युनिस्ट र काङ्ग्रेस असफल भएको भन्दै थापाले राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए । “भ्रष्टाचार,बेरोजगारी र धर्मपरिवर्तन जस्ता समस्याहरु समाधानगर्न नेकपा असफल भयो,नेपाली कंग्रेस निरिह बन्यो । यि समस्याहरु समाधान गरि सबल र सम्बृद्ध नेपाल बनाउन सक्ने बलियो विकल्प देशले खोजेको छ।बैचारिक,संगठनात्मक र नेतृत्वको आधारमा त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ“ थापाले भने ।
कार्यक्रममा राप्रपाका सह( महामन्त्री भक्ती सिटौला, सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी , शिबराम थापा नगर अध्यक्ष गुरु सापकोटा , बालकुमारी डल्लाकोटी , खिल प्रसाद चौलागाईं लगायतले बोलेका थिए । प्रशिक्षणमा जिल्लाका १ सय १५ प्रशिक्षार्थिको सहभागीता रहेको छ । राप्रपा पछिल्लो समय देशब्यापी प्रशिक्षणको अभियानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता
तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य
तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य
प्रदेश १ मा समृद्धिको आधार पर्यटन
प्रदेश १ मा समृद्धिको आधार पर्यटन
विरगन्ज र सिराहाका गरी दुई कोरोना संक्रमितकोे मृत्यु
विरगन्ज र सिराहाका गरी दुई कोरोना संक्रमितकोे मृत्यु
अन्जनाको पहिलो गिती सङ्ग्रह “आभा” सार्वजनिक
अन्जनाको पहिलो गिती सङ्ग्रह “आभा” सार्वजनिक
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै

तपाईंले छुटाउनुभयो कि?