सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

सारांश

  • काठमाडौं।
  • गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
  • गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।

काठमाडौं। गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।

मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा दोषीउपर कानुनी कारबाही गर्न र गलत सामग्री सञ्जालबाट स्वतः हट्ने व्यवस्था मिलाउन सिङ्गापुरस्थित टिकटक कार्यालय र नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकायहरुबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय, सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच भएको छलफल भएको जनाउँदै सामाजिक सद्भाव बिगार्ने, विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री हटाउने र त्यस्ता सामग्री सञ्जालमा राख्ने व्यक्ति पत्ता लगाई कानुनी दायरामा ल्याउन सहज हुने भएकाले कानुनी कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले जिम्मेवार नागरिकका रुपमा कानुनसम्मत् शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र सामाजिक सञ्जालमा राख्न अनुरोध गर्दै गैरकानुनी काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
आजकाे राशीफल
आजकाे राशीफल
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी  सुचना ;
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी सुचना ;
महानगरपालिका प्रमुखका उम्मेदवारबाट मतदान
मेनपावर सञ्चालक र कर्मचारी पक्राउ
मेनपावर सञ्चालक र कर्मचारी पक्राउ
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
यी १० कारणले हुन सक्दैन एमाले-माओवादी पार्टी एकता
यी १० कारणले हुन सक्दैन एमाले-माओवादी पार्टी एकता
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी