आइतबार कस्तो रहला देशभरको मौसम?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आइतबार कस्तो रहला देशभरको मौसम?

सारांश

  • काठमाडौं।
  • नेपालको लुम्बिनी,सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब रहेको छ साथै स्थानीय बायुको पनी अंशिक प्रभाब रहेको छ।
  • हाल कोशी प्रदेश र मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं। नेपालको लुम्बिनी,सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब रहेको छ साथै स्थानीय बायुको पनी अंशिक प्रभाब रहेको छ।

हाल कोशी प्रदेश र मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी,,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?