प्राधिकरणबाट सवा तीन अर्ब राजश्व सङ्कलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ८, २०७७
|
|
३९ पटक हेरिएको
Shares
प्राधिकरणबाट सवा तीन अर्ब राजश्व सङ्कलन

सारांश

  • नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६(७७ मा रु ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ ।
  • वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी रु १८ लाख ८१ ह्जार ६४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले राससलाई बताए ।
  • खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने ११० ग्राहकलाई कारवाही गरी रु २५ लाख ९० हजार जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६(७७ मा रु ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ । वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी रु १८ लाख ८१ ह्जार ६४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले राससलाई बताए ।

खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने ११० ग्राहकलाई कारवाही गरी रु २५ लाख ९० हजार जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ । सत्चालीस हजार ८२९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्र एक हजार २२८ ग्राहकको लाइन काटी रु पाँच करोड ३८ लाख बक्यौता उठाउन सफल भएको छ ।

विद्युत् चुहावटलाई ४ दशमलव ५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३ दशमलव ८ प्रतिशतमा झारेको छ । केन्द्रले विद्युत् चुहावट रोक्न नियमित छड्के तथा अनुगमन थालेको छ ।(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?