दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
४० पटक हेरिएको
Shares
दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

सारांश

  • रसुवा।
  • नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ।
  • जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरूष ढकालका अनुसार बडादशँै समाप्तीसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ।

रसुवा। नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ।जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरूष ढकालका अनुसार बडादशँै समाप्तीसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ। वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हुँदै गएको बताइएको छ।

विसं २०७२ मङ्सिर १५ गतेदेखि पूर्णरूपमा चालू रहेको नेपालको उत्तरी रसुवागढी नाकाबाट आयात हुने मालवस्तुमा स्याउ, ओखर, स्याउपाती जस्ता फलफूल र अन्य सामानमा जुत्ता, चप्पल, थर्मस, रोल कपडा, तयारी पोशाक, चक्लेट, बच्चाको खेलौना, इलेक्ट्रिक सामान, नेपालमा निर्माणाधीन हाइड्रो पावरका उपकरणलगायतका मालवस्तु रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

आयात हुने सामग्री छिटोभन्दा छिटो केरूङबाट नेपाल पठाउन मुसा ट्रान्सपोर्टले सबैभन्दा बढी सामान ट्रकमा लाग्ने गरेको र ढुवानीका लागि सो कम्पनी केरूङका क्षेत्रमा सबैभन्दा ठूलो ढुवानी कम्पनी मानिएको व्यापारीले बताएका छन्।

केरूङमा सामान लाग्ने काम छिटोछरितो हुने गरेका कारण सामान लिन गएका ट्रक कन्टेनर पनि दैनिकरूपमा ६० वटाको हाराहारीमा नेपाल फर्कने गरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले बताए। गत भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आएको स्याफ्रुबेंसी मैलुङ–बेत्रावती खण्ड र धुञ्चेतर्फको पासाङल्हामु मार्गसमेतका दुवै राजमार्ग सञ्चालनमा आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
नेपाल–चीन राजमार्ग सञ्चालनमा !
नेपाल–चीन राजमार्ग सञ्चालनमा !
उपेन्द्र यादव आज सरकारमा नजाने
उपेन्द्र यादव आज सरकारमा नजाने
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो
हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो
ने.क.पा. (माअाेवादी केन्द्र)  प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित  उम्मेद्वारहरुकाे नामावली !
ने.क.पा. (माअाेवादी केन्द्र) प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित उम्मेद्वारहरुकाे नामावली !
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
पाँच जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस
पाँच जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस