मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १२, २०७७
|
|
५७ पटक हेरिएको
Shares
मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन

सारांश

  • वीरगंज, १२ कात्तिक ।
  • मुकेश चौरसियाको हत्यारालाई कारबाईको माग गर्दै आज छैठौं दिन पनि प्रदर्शन भएको छ ।
  • नेकपा विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष विक्रम चौरसियाको नेतृत्वमा निस्किएको प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

वीरगंज, १२ कात्तिक । मुकेश चौरसियाको हत्यारालाई कारबाईको माग गर्दै आज छैठौं दिन पनि प्रदर्शन भएको छ । नेकपा विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष विक्रम चौरसियाको नेतृत्वमा निस्किएको प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा प्रहरी उपरीक्षक गंगा पन्तको पुतला पनि दहन गर्दै नगरपरिक्रमा गरेका थिए । नगरपरिक्रमापछि जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

नेकपा नगरअध्यक्ष रहवर अन्सारीले ज्ञापनपत्र बुझाउँदै उजुरी दर्ता गरी अपराधीमाथि कारबाई, स्व चौरसियालाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार गर्न माग गरिएको छ ।

चौरसियाको शव ६ दिनदेखि नारायणी अस्पतालको शवगृहमा थन्किएको छ भने शव कुहिंदै गएको छ । यता प्रहरी उपरीक्षक पन्तले केही व्यक्तिको नाम हटाएर उजुरी सच्याएर ल्याउन भनेपछि उजूरी दर्ता नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रदर्शनमा जिल्ला इन्चार्ज रामचन्द्र साह, विचारी यादव, शम्भु गुप्ता, बालगोपाल थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
किन उठ्यो मन्त्री लालबाबु पण्डितलाई कारवाहीको माग ?
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
मोदीको स्वागतमा हजारौँ मानिस जनकपुरधामा
मोदीको स्वागतमा हजारौँ मानिस जनकपुरधामा
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !