किमले कतिमा किनिन् डायनाको नेकलेस

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
४१ पटक हेरिएको
Shares
किमले कतिमा किनिन् डायनाको नेकलेस

सारांश

  • लसएन्जल्स ।
  • अमेरिकी टिभी रियालिटी स्टार र मोडल किम कार्दासियनले बेलायती राजकुमारी डायनाको एउटा नेकलेस किनेकी छन् ।
  • उनले यो नेकलेस लिलामीमा किनेकी हुन् ।

लसएन्जल्स । अमेरिकी टिभी रियालिटी स्टार र मोडल किम कार्दासियनले बेलायती राजकुमारी डायनाको एउटा नेकलेस किनेकी छन् । उनले यो नेकलेस लिलामीमा किनेकी हुन् । अक्सन हाउस सोथबीका अनुसार यो नेकलेसलाई सन् १९२० मा ब्रिटिस ज्वेलर गेरार्डले बनाएको थियो ।

यसलाई लन्डनमा एक लाख ६२ हजार ८ सय डलरमा बेच्नुपर्ने थियो । लिलामीमा चार बिडरले बोली लगाएका थिए, तर अन्तिम पाँच मिनेटमा किमले सर्वाधिक बढी बोली लगाएर किनेकी हुन् । यो नेकलेसलाई दिवंगत राजकुमारी डायनाले लगाएकी थिइन् ।

किमले हीराजडित निलम अट्टाल्लाह क्रस नेकलेस करिब एक लाख ९७ हजार चार सय ५३ डलरमा किनेकी हुन् । सोथबी लन्डनका ज्वेलरी प्रमुख क्रिस्टियन स्पोफोर्थले दिवंगत डायनाले लगाएको यो नेकलेस निकै कमैमात्र बजारमा आउने गरेको बताए । ‘अट्टालाह क्रस जस्तो एक थान, जो निकै रङ्गीन, बोल्ड र विशेष छ’, उनले भनेका छन् ।

डायनाले पेडेन्टलाई सन् १९८७ मा एक च्यारिटी गालामा लगाएकी थिइन् । नेकलेस यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढीले बिक्री भएको हो । किम यस्तो ऐतिहासिक वस्तु किन्न सोखिन छिन् । उनले मर्लिन मुनरीको एक लुगा पनि लिलामीमा किनेकी थिइन् । त्यो लुगालाई उनले मेट गालामा लगाएकी थिइन् । मर्लिनको यो ड्रेस विशेष हुने कारण यो होकि उनले सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा लगाएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानी सार्ने विषय हतार नगर्न मुख्मन्त्री पौडेलको आग्रह
बजेट कठिन परिवेशमा आएको छ  : अर्थमन्त्री डा महत
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत
आज कतिले बढ्यो सुनको मुल्य
आज कतिले बढ्यो सुनको मुल्य
निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो, काे काे पुगेर के के भने?
निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो, काे काे पुगेर के के भने?
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने
भुडेवाला केटो नो नो भन्दै अाइन योजना
‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व
‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा  संसद्मा आपत्ति
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्मा आपत्ति