किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे
सारांश
- काठमाडौं ।
- अर्काको नाममा जग्गा किर्तेगरी अर्काको नाममा बनाउने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
- महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत कार्यालय चाबहिलका प्रमुख कमलप्रसाद तिम्सिनासहित ४ जना कर्मचारीलाई पक्राउ गरेको हो ।
काठमाडौं । अर्काको नाममा जग्गा किर्तेगरी अर्काको नाममा बनाउने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत कार्यालय चाबहिलका प्रमुख कमलप्रसाद तिम्सिनासहित ४ जना कर्मचारीलाई पक्राउ गरेको हो ।
मिलेमतोमा बिचौलियाको काम गर्दै जग्गा पास गरिदिनेहरुमा मालपोत प्रमुख तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल पक्राउ परेका हुन् ।
यसअघि नै पक्राउ परेकाहरूसित बयान लिँदा मालपोत प्रमुख तिम्सिनासहितको संलग्नता खुलेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस प्रकरणमा यसअघि नै मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ परेका थिए ।
पक्राउ परेकाहरुले एउटाको जग्गा जग्गा धनीलाई थाहै नदिइ किर्तेगरी अर्काको नाममा पास गरेका थिए । उनीहरूमाथि बुढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको आरोप लागेको छ ।
मालपोतका प्रमुख र कर्मचारीको मिलेमतोमा जग्गाधनीको नक्कली वारेसनामा बनाएर नक्कली काम गरेका थिए । नक्कली वारेसनामाको बनाउँदा ४० आना क्षेत्रफलको तीन कित्ता जग्गा ध्रुवप्रसाद भट्टराई र श्रीकृष्ण बडुवालको नाममा रजिस्ट्रेसन पास गरिएको थियो ।
पक्राउ परेकाहरूलाई लिखतसम्बन्धी कसुर र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया