नाट्य विधा ऐना र टर्चलाइट हो : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नाट्य विधा ऐना र टर्चलाइट हो : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको बताएका छन् ।
  • प्रधानमन्त्री ओलीले नाट्य विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नाट्य विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नाटकले समाजको वर्तमान र भविष्य देखाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“नाट्य विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो” उनले भने, “ऐनाले वर्तमान देखाउँछ । टर्च लाइटले भविष्य ।”

अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताए ।

“नेपालमा नाटकको भविष्य राम्रो देखेको छु । चाहे नाटक लेखनी क्षेत्रमा होस वा अभिनय गर्नेको क्षेत्रमा अथवा दर्शकको क्षेत्रमा किन नहोस यो विधा धेरैको रुचीको बिषय भएको छ” प्रधानमन्त्रीले भने, “नाट्य क्षेत्रको विकासका लागि सरकारले बजेटको पनि विनियोजन गरेको छ ।”

अनामनगरको मण्डला थिएटरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशी सहित १२ जना स्रष्टालाई सम्मान गरे । जोशीको सुनकेसरी पुस्तकसमेत प्रधानमन्त्रीले बिमोचन गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?