कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ

सारांश

  • वालिङ (स्याङ्जा) ।
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् ।
  • भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

वालिङ (स्याङ्जा) । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताएका हुन् । “भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानविन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ”, उनले भने ।

मन्त्री गुरुङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गर्नसक्ने बताए । मन्त्रीहरुको कामको मूल्याङ्कन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने उनको भनाइ थियो ।

“प्रधानमन्त्रीको सोचअनुसार काम गर्नसक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ”, उनले भने, “सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।” मन्त्रिमण्डल पुनःगठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरुको सहमतिबाटै हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
कहिले बन्छ चाबहिलवासीको सडक ?
कहिले बन्छ चाबहिलवासीको सडक ?
धरहरा निर्माणकाे लागी म काेदालाे खन्न र डाेकाेमा इट्टा बाेक्न तयार छु : प्रम ओली
बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने
बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
एसइइको नतिजा सार्वजनिक कार्यविधि जारी
एसइइको नतिजा सार्वजनिक कार्यविधि जारी
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको शुभारम्भ
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको शुभारम्भ
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी

तपाईंले छुटाउनुभयो कि?