कुनै ब्लु फिल्म, छाडा किताब पनि साथमा नराख्नुस्, नत्र जेल जानु पर्ला
सारांश
- काठमाडौं ३ साउन ।
- अबको एक महिनापछि अर्थात भदौ १ गतेदेखि देशमा नयाँ कानुन लागू हुँदैछ ।
- चलिरहेको मुलुकी ऐन परिवर्तन हुँदै ‘अपराध’ र ‘देवानी’ संहिता बनेर लागू हुँदैछ ।
काठमाडौं ३ साउन । अबको एक महिनापछि अर्थात भदौ १ गतेदेखि देशमा नयाँ कानुन लागू हुँदैछ । चलिरहेको मुलुकी ऐन परिवर्तन हुँदै ‘अपराध’ र ‘देवानी’ संहिता बनेर लागू हुँदैछ । दुवै संहितामा धेरै खालका नयाँ कानुनहरु आएका छन्, भैरहेका कानुन परिवर्तन भएका छन् ।
त्यसै अन्र्तगत,
तपाइँ कहिलेकाँहि ब्लु अर्थात छाडा खालका फिल्म हेर्ने गर्नुभएको छ ? छ भने अबदेखि बानी हटाउनुस् । एक महिनापछि हेर्न त के छाडा तथा अश्लील किताब वा ब्लु फिल्म राख्न पनि पाइने छैन ।
यदि छाडा खालका किताब, फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्ने कानुन आइसकेको छ । जुन कानुन १ महिनापछि लागू हुँदैछ। नयाँ आउँदै गरेको अपराध संहिता ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको छ ।
कुनै पनि अश्लील वस्तु बिक्री गर्न वा भाडामा दिन सर्वसाधारणलाई दिन पनि पाइनेछैन । अश्लिल किताब पर्चा बनाउन, बिक्री गर्न पनि पाइने छैन ।
‘कानुन अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन’ कानुनमा लेखिएको छ ।
अबको कानुनले इन्टरनेटमा राखिएका छाडा फिल्म जस्ता कुरालाई पनि कार्वाहीको दायरामा ल्याएको छ । ऐनको दफा १२१ को (घ)ले अस्लील सामग्री आफूसँग बोक्न नहुने उल्लेख गरेको छ ।
कसैले ब्लु फिल्म, सिडी, पेन ड्राइभमा राखेर हिँडेको छ भने पनि कानुनले कार्वाही गर्नसक्नेगरी व्यवस्था छ । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनमा व्यवस्था छ ।
Ganesh Shakya
Kahi nabhaeko jatraa hadigao ma
Euta nagarik laai nabhai nahune dainik upbhogya bastu ko joho milauna naskne le nana bhatti gaf lagaudai hidchha.
Narendra Rai
A plagal aparAdhi. Netaharu ho. Mandhirko tudalma. Aslil.Murti. rakhnelai. Pahila. Karbahi. Garera. Dekhau’