सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

सारांश

  • काठमाडौं।
  • सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

काठमाडौं। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। शपथ लिएलगत्तै शाहले सरकारलाई समेत पूर्णता दिएका छन्।

उनले एमालेका ३, कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई मन्त्री तथा कांग्रेसका २ र एमालेका १ सांसदलाई राज्यमन्त्री नियुक्त गरेका छन्।

उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका छन्। कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन्।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्।

शाह संविधानको धारा १६८ को उपधारा २ अनुसार आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए । यो उनको दोस्रो कार्यकाल हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार
तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश
महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश
असहज महसुस भएपछि प्रधानमन्त्री ओली राती नै अस्पतालमा
असहज महसुस भएपछि प्रधानमन्त्री ओली राती नै अस्पतालमा
लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?: प्रधानमन्त्री ओली
निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी
राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी
अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन
अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी

तपाईंले छुटाउनुभयो कि?