ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा

सारांश

  • काठमाडौं, १४ फागुन ।
  • उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुगेका छन् ।
  • नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे स्टेसनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काठमाडौं, १४ फागुन । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुगेका छन् । नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे स्टेसनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रेलबाट ओलिएपछि किमले आफ्नो स्वागतमा आएकाहरुलाई अभिवादन गरेर कारमार्फत् गन्तव्यतर्फ लागेका किमले राजधानी हनोइसम्मको यात्रा कारमा गर्नेछन् । किम ओर्लिएको रेलवे स्टेसनबाट राजधानी हनोइ १०५ माइलको दूरीमा छ ।

नेता किमका साथमा उनकी बहिनी किम यो जोङ र प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि सहभागी छन् । किम गत शनिबार रेलमार्ग हुँदै भियतनाम प्रस्थान गरेका हुन् । उनी चीन हुँदै भियतनाम पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच भोलिदेखि दोस्रो ऐतिहासिक वार्ता हुँदै छ । बिहीबारसम्म हुने वार्ताको तयारी पूरा भएको बताइएको छ । दुई नेताबीच गत वर्षको जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक भेटवार्ता भएको थियो ।

त्यो भेटमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो । भियतनाममा हुने दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने सम्भावना रहेको बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?