विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
३२ पटक हेरिएको
Shares
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने

सारांश

  • सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ ।
  • शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो ।
  • यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो ।

सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो । अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।

शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेको हो । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?