हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
सारांश
- ‘भारतीय नाकाबन्दीले पीडित नागरिकको मत गठबन्धनलाई’ निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ ।
- संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो ।
- महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक पार्टीको विधान संशोधनलगायतका निर्णय गर्न सक्छ ।
‘भारतीय नाकाबन्दीले पीडित नागरिकको मत गठबन्धनलाई’
निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ । संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो ।
महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक पार्टीको विधान संशोधनलगायतका निर्णय गर्न सक्छ । विधानमा महाधिवेशन हुने वर्षबाहेक एक वर्षमा एकपटक महासमिति बैठक हुने उल्लेख छ । शेरबहादुर देउवा २६ महिनाअघि सभापति भएपछि पहिलोपटक महासमितिको बैठक बस्न लागेको हो ।
‘जिल्ला सभापति भेला ०७५ जेठ महिनाको अन्तिम सातामा गर्ने, जिल्ला सभापति भेला एवं ग्राम र नगरपालिका तहसम्मका पार्टीको सांगठनिक संरचना तथा भ्रातृ र शुभेच्छुक संस्थामार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यको तयारी गरी ०७५ भाद्र महिनामा महासमितिको बैठक आयोजना गर्ने’ कांग्रेस निर्णयमा उल्लेख छ ।
विधान संशोधन समिति बन्ने
बैठकले विधान संशोधन समिति बनाउने निर्णय पनि गरेको छ । स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना मुताविक पार्टीको पुनर्संरचना गर्न विधान संशोधन गर्न लागेको छ ।
अन्तर्घातीलाई कारबाही
निर्वाचनका क्रममा पार्टीको अनुशासन उल्लघंन तथा अन्तर्घात भएको भन्दै छानबिन गरी कारबाही अघि बढाउने घोषणा कांग्रेसको छ ।
‘जिल्लाअन्तर्गतका निकायहरू, पार्टी कार्यकर्ता र नेताहरू तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख भएको कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित बनाउन छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिको यो बैठक अनुशासन समितिलाई निर्देश गर्दछ ।’ निर्णयमा उल्लेख छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया