बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०८०
|
|
३२ पटक हेरिएको
Shares
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

सारांश

  • गण्डकी ।
  • अर्थमन्त्री डा.
  • प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् ।

गण्डकी । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गरे ।

सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताए । उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको सुरुआत गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

आइटीलाई प्रोत्साहन गर्न करमा आधा छुटको व्यवस्था मिलाइएको र पूँजीको कुनै सिमाना नरहेको उनले उल्लेख गरे ।

पूँजीगत खर्च गर्ने सीमाका कारण भनेजस्तो हरेक ठाउँमा चाहेजस्तो बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको र यसले लोकप्रिय परिणाम दिने विश्वास व्यक्त गरे ।

खर्च प्रक्रियालाई सहज बनाउने र अनुशासन कायम गर्नतर्फ सरकार लागेको जिकिर गर्दै उनले बजेटको समयमा कार्यान्वयन नहुने, कार्यविधि नबन्ने, समयमा ठेक्का नलाग्ने जस्ता विषयको अन्त्य गर्नका लागि मुख्य सचिवसहित मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिएको उल्लेख गरे । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका मन्त्री महतले कांग्रेस जहिले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नेतर्फ लागेको बताए । आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई बनाउने र वितरण वाहक एवम् जिम्मेवारी राज्यले लिनेमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै उनले उत्पादन वृद्धि गराउँदै उक्त वृद्धिको हिस्सा पछि परेका वर्ग एवम् समूहमा सम्प्रेषित गर्ने नीति लिइएको बताए ।

आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरुप नै बजेट प्रस्ताव भएको मन्त्री महतले स्पष्ट पारे । सरकारले कृषिमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएको उनले बताए ।

वर्तमान सत्ता गठबन्धन हेरफेरको कुरा अफवाह भएको उल्लेख गर्दै मन्त्री महतले त्यसका पछि नलाग्न आग्रह गरे । निश्चित लक्ष्यका साथ सुशासन गर्ने, आर्थिक वृद्धि हासिल गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने कुरालाई केन्द्रमा राखेर वर्तमान गठबन्धन अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई पाँच बर्ष पक्का ?
प्रचण्डलाई पाँच बर्ष पक्का ?
रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च
हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च