राजीनामा पछि पून मन्त्री बन्दै डा. खतिवडा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
राजीनामा पछि पून मन्त्री बन्दै डा. खतिवडा

सारांश

  • राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार सकिँदैछ।
  • गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा.
  • युवराज खतिवडालगायत १९ जनाको पदावधि सकिन लागेको हो।

राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि सकिन लागेको हो।

कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिँदै छन्। सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?