एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

सारांश

  • काठमाडौं ।
  • सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ ।
  • सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।

हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून छ । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि चार सय २२ विद्यार्थीको मात्रै तीन दशमलव छभन्दा माथि जिपिए आएको जनाएको छ ।

यसमा बैतडीमा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । उनले भने, “बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि तीन दशमव छभन्दा माथि जिपिए आएको छैन । गत वर्ष पनि कसैको उक्त जिपिए आएको थिएन ।”

सुदूरपश्चिमका नौ जिल्लामामध्ये तीन दशमव छभन्दा माथि जिपिए ल्याउन नसक्ने जिल्ला बैतडीमात्रै रहेको हो । बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट दुई सय २७ जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन् । यस्तै डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन् ।

माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो । निरन्तररूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् ।

स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए । अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ । उनले भने, “स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल
विप्लवकाे केन्द्रमा प्रहरीकाे मार्चपास ! प्रकाण्डको घरैमा पुग्याे प्रहरी
विप्लवकाे केन्द्रमा प्रहरीकाे मार्चपास ! प्रकाण्डको घरैमा पुग्याे प्रहरी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते
पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते
फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे
फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
सुर्खेतमा घरघरमा पुगेर नागरिकता वितरण
सुर्खेतमा घरघरमा पुगेर नागरिकता वितरण
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र