चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड

सारांश

  • चिनियाँ उपमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट काठमाडौं, १४ साउन ।
  • चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
  • सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

चिनियाँ उपमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, १४ साउन । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टी एकतालाई चुनावमा जिताएर अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्षले विदेशमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पार्दै भने, “म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ ।”

विदेशमन्त्री चिङले राष्ट्रपति सिजिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट देशमा स्थायित्व कायम भएकोमा बधाई दिएका थिए । विदेशमन्त्री चिङले चीन नेपाल र नेपालीको प्रगति र समृद्धिका लागि सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसेटिभका लागि चौतर्फी वातावरण तयार भएको उनको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि
पुस २ गते बिहिवारको राशिफल यस्तो छ
पुस २ गते बिहिवारको राशिफल यस्तो छ
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन  नेता बिजुक्छे
चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन नेता बिजुक्छे
बर्थिङ सेन्टरमा सुत्केरी गराउनेले पाउने भए पोषण पोको
बर्थिङ सेन्टरमा सुत्केरी गराउनेले पाउने भए पोषण पोको
यी वस्तुमा कोरोना भाइरस २८ दिनसम्म जिवित रहने !
टी -२० विश्वकप क्रिकेटमा  आयरल्याण्डलाई हराउँदै  अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन
२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती
२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती