बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन

सारांश

  • काठमाडौं।
  • शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले सुरु गरेको धरहरामा भूमिगत पार्किङ तत्काल नरोके परिणाम नराम्रो हुने चेतावनी दिएकी छन् ।
  • सोमबार बसेको संसद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् ।

काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले सुरु गरेको धरहरामा भूमिगत पार्किङ तत्काल नरोके परिणाम नराम्रो हुने चेतावनी दिएकी छन् ।

सोमबार बसेको संसद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् ।

‘निर्माण सम्पन्न नभइ धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम हो। समन्वय र सम्पर्क नगरी आफुखुसी पार्किङ गर्नु राम्रो हुँदैन’ उनले भनिन्, ‘एक महिना पर्खिएको भए हुन्थ्यो। अहिले नगर्नु भनेर पत्र पठाएका छौं। उहाँहरुले ध्यान दिनुभएको छैन।’

मन्त्री गुरुङले धरहरामा कार्यविधी नबनाई महानगरले प्रयोग गर्न नसक्ने जिकीर गरिन्। ‘यसरी नै अघि बढ्नु भयो भने राम्रो हुँदैन। त्यहाँ बनाउनु मात्र ठूलो कुरा हैन। त्यहाँ व्यवस्थापन कसरी गर्ने भन्नेबारे कार्यविधी बनाउनुपर्छ’ मन्त्री गुरुङले प्रश्न गरिन्,‘महानगरले मान्नेरनभन्ने भन्ने कुरा हुँदैन। त्यहाँ निर्माण सम्पन्न नभैसकेकाले त्यहाँको सुरक्षा कसले जिम्मेवार लिने ?’

महानगरपालिकाले केही दिनअघिबाट धरहरामा भूमिगत पार्किङ सुरु गरेको थियो तर, निर्माणको काम सम्पन्न नभईसकेको भन्दै सरकारले महानगरको निर्णयमाथि अंकुश लगाउन खोजेपछि आज बिहान नगर प्रमुख बालेन शाहले आक्रोश पोख्दै स्टाटस लेखेका थिए । उनले सरकारले जस्तोसुकै अड्चन थापेपनि भूमिगत पार्किङ नरोकिने बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    temp mail

    Here, I’ve read some really great content. It’s definitely worth bookmarking for future visits. I’m curious about the amount of work you put into creating such a top-notch educational website.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?