नगरवासी भन्छन् : साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
२२० पटक हेरिएको
Shares
नगरवासी भन्छन् :  साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!

सारांश

  • झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् ।
  • वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् ।
  • कार्यक्रममा स्थानीयवासी खड्ग लिम्बूले प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको बताउनुभयो ।

झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा स्थानीयवासी खड्ग लिम्बूले प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको बताउनुभयो । प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाको भरमा कारबाही गर्दा सर्वसाधारणमा डर फैलिएको उहाँको आरोप छ ।

त्यस्तै, अर्का स्थानीयवासी हेमलाल भट्टराईले सीमा क्षेत्रमा पशुजन्य चौपायाको तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको दाबी गर्नुभयो । उहाँले सीमामा प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो पोख्नुभयो । नगरवासी हजरत अलीले बजार क्षेत्रमा मात्र प्रहरी बढी केन्द्रित हुने गरेकाले नगरको अन्य क्षेत्रमा सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।

प्रहरी मेरो साथी भन्ने नाराजस्तै नगरवासीले प्रहरीलाई साथी मानेर सहयोग गरेमा मात्र नगरको शान्तिसुरक्षामा सुधार आउने प्रहरी निरीक्षक कुलप्रसाद चौधरी बताउनुभयो । कुनै पनि प्रहरीले कानुन विपरीत काम गरेमा विभागको नियमअनुसार कारबाही गरिने उहाँले आश्वासनसमेत दिनुभयो ।

भद्रपुर भारतको विहार र बङ्गाल राज्यसँग जोडिएको बताउँदै दरबन्दी अनुसारको प्रहरी नहुँदा केही समस्या भएको उहाँ बताउनुभयो । एकजना प्रहरी निरीक्षकसहित ९५ जना प्रहरीको दरबन्दी हुनुपर्नेमा ४२ जना प्रहरी मात्र कार्यरत रहेको प्रनि चौधरीले जानकारी दिनुभयो ।

कार्यालय भवन अभावले प्रहरी नपठाउँदा बृहत् नगरको सुरक्षामा व्यवस्थापनमा चुनौती थपिएको उहाँको भनाइ छ ।

श्रोत : रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीभित्र मानवअधिकारको शब्द ‘प्रिय’ हुँदै
प्रहरीभित्र मानवअधिकारको शब्द ‘प्रिय’ हुँदै
How you can Fix a Relationship — Recognizing the primary Causes of Relationships Struggling
पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए
डिबालाको दुई गोल, युभेन्ट्सको जित
डिबालाको दुई गोल, युभेन्ट्सको जित
आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा ९ जना घाइते
पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा ९ जना घाइते
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
जम्मु कश्मिरमा लगाइएको प्रतिबन्धको एक हप्ताभित्र समिक्षा गर्न सर्वाेच्चका आदेश
टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !
टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !