भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी ?
सारांश
- काठमाडौं।
- भारतीय लोकसभा चुनावको चौथो चरणमा सोमबार नौ राज्यका ७१ लोकसभा सिटका लागि मतदान सुरु भएको छ।
- चौथो चरणको निर्वाचनमा सबैभन्दा धेरै महाराष्ट्रमा १७, उत्तर प्रदेश र राजस्थाका १३–१३, पश्चिम बंगालका आठ, मध्य प्रदेश र उडिसाका ६–६, विहारको पाँच, झारखण्डको तीन र जम्मू–कश्मिरको एक सिटकालागि मतदान भइरहेको छ।
काठमाडौं। भारतीय लोकसभा चुनावको चौथो चरणमा सोमबार नौ राज्यका ७१ लोकसभा सिटका लागि मतदान सुरु भएको छ। चौथो चरणको निर्वाचनमा सबैभन्दा धेरै महाराष्ट्रमा १७, उत्तर प्रदेश र राजस्थाका १३–१३, पश्चिम बंगालका आठ, मध्य प्रदेश र उडिसाका ६–६, विहारको पाँच, झारखण्डको तीन र जम्मू–कश्मिरको एक सिटकालागि मतदान भइरहेको छ।
अहिलेसम्म तीन चरणमा कुल ३०२ सिटमाथि मतदान भइसकेको छ। चौथो चरणपछि कुल ३७३ सिटमा मतदान हुनेछ।
चौथो चरणको चुनावमा पहिलो पटक चुनाव लडिरहेकी बलिउड अभिनेत्री उर्मिला मातोंडकर र जेएनयूका छात्रसंघका पूर्व अध्यक्ष कन्हैया सिंह जस्ता चर्चित उम्मेद्वारमाथि सबैको ध्यान केन्द्रित छ।
उर्मिला मातोंडकर कांग्रेसको टिकटमा उत्तरी मुम्बईबाट चुनाव लडेकी छन् भने कन्यैहा कुमार बेगुसरायबाट सीपीआईको टिकटमा चुनाव लडिरहका छन्।
बेगुसरायबाट आरजेडी उम्मेद्वार तनवीर हसन र बीजेपीबाट गिरिराज सिंह चुनावी मैदानमा रहेका कारण बेगुसराय निर्वाचन क्षेत्र निर्क चर्चामा छ।
मध्य प्रदेशमा छिंदवाडाबाट नौ पटा सांसद भइरहेका कमलनाथका छोरा नकुल नाथ चुनाव लडिरहेका छन्। उता, पश्चिम बंगालको आसनसोल निर्वाचन क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। आसनसोलमा सत्ताधारी तृणमुल कांग्रेस र विपक्षी दुवै पार्टीले कलाकारलाई चुनावी मैदानमा उतारेका छन्। बिजेपीकातर्फबाट गायक बाबुल सुप्रियो र टीएमसीका तर्फबाट अभिनेत्री मुनमुन सेन चुनावी मैदानमा छन्।
उत्तर प्रदेशको इटावा र कन्नौज सिट पनि निर्क चर्चामा छ। कन्नौजबाट राज्यका पूर्वमुख्यमन्त्री अखिलेश यादवकी पत्नी डिम्पल यादव चुनावी मैदानमा छिन्। यो निर्वाचन क्षेत्रबाट समाजवादी पार्टीले सात पटक चुनाव जितिसकेको छ।
उता इटावामा भारतीय जनता पार्टीका तर्फबाट राष्ट्रिय अनुसूचित जाति आयोगका अध्यक्ष रामशंकर कठेरिया चुनावी मैदानमा छन्।
राजस्थानमा जोधपुर निर्वाचन क्षेत्र चर्चामा छ। किनभने यहाँबाट केन्द्रीय कृषि राज्यमन्त्री गजेन्द्र सिंह शेखावत चुनाव लड्दै छन् र उनको प्रतिश्पर्धा राज्यका मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव गहलोत पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्।
प्रतिक्रिया