केही महिनाभित्रै महाधिवेशन गर्छौं : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
६० पटक हेरिएको
Shares
केही महिनाभित्रै महाधिवेशन गर्छौं : प्रचण्ड

सारांश

  • काठमाडौं, ३ जेठ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् ।
  • २६ औँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएका हुन ।

काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् ।२६ औँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएका हुन ।अन्तर्रा्ष्ट्रिय रुपमा मार्क्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय हुनुभएको बताउँदै अध्यक्ष दाहालले भने, “पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।”

नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र आफूहरु वैज्ञानिक सश्लेषण गर्न समर्थ हुने उनको तर्क छ । मुलुकमा सामाजिक न्याय, सामाजिक सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको बताए ।उनले एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको जानकारी गराउँदै जनवर्गीय सङ्गठनको एकता हालै गरिएकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडाँैमा ४५ प्रतिशत मतदान खस्यो
नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान
आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला
चीन भ्रमणको अन्तिम तयारी गर्दै प्रम ओली, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल
Nepal and China’s growing border trade
Nepal and China’s growing border trade
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने