राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: अध्यक्ष नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैं ।
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन्।
  • प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे ।

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे ।

उनले भने, ‘अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।’ अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसकेकाे उल्लेख गरे ।

‘हाम्रो मानसिकता अरुलाई दोष दिनेछ’, उनले भने, ‘आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रधानमन्त्रीले राख्नुभएको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
टी-२० विश्वकपमा भारत सेमिफाइनल खेल्दै नखेली सिधै फाइनल पुग्ने सम्भावना
टी-२० विश्वकपमा भारत सेमिफाइनल खेल्दै नखेली सिधै फाइनल पुग्ने सम्भावना
भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण रद्द, दुवै टिमलेअंक बाँडे
भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण रद्द, दुवै टिमलेअंक बाँडे
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
आजको राशीफल
आजको राशीफल
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित