के जेल जालान् त नवराज सिलवाल ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
के जेल जालान् त नवराज सिलवाल ?

सारांश

  • पूर्व डीआइजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धान सुरु भएको छ ।
  •  अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्तासँगै अनुसन्धान सुरु भएको जानकारी गराएका छन् ।
  •  ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

पूर्व डीआइजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धान सुरु भएको छ । अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्तासँगै अनुसन्धान सुरु भएको जानकारी गराएका छन् । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले भने सिलवालले बुझाएको कागजात र लोकसेवाबाट प्राप्त भएको कार्यसम्पादन मूल्यांकन फरक परेको भन्दै छानविन गर्न निर्देशन दिएको छ ।

न्यायाधीशहरु समेत दोषी

आइजीपी प्रकरणसम्बन्धी मुद्दामा यसअघि नवराज सिलवालको नम्बर बढी देखिएकाले उनलाई आइजीपीमा बढुवा गर्नू भन्ने सुशीला कार्कीका पालाको फैसला त्रुटीपूर्णमात्रै नभएर अदालतकै छवि धुमिल पार्ने खालको रहेको पूर्णपाठमा उल्लेख छ ।

यो प्रकरणमा न्यायाधीशलाई समेत उन्मुक्ति नमिल्ने फैसलामा बताइएको छ । ‘निवेदन इजलास समक्ष पेश भई अन्तरिम आदेश जारी भई अन्तिम आदेश हुँदासम्मको काम कारवाहीमा कार्यविधि कानूनको पालना हुन सकेको देखिएन,’ आदेशको पूर्णपाठमा न्यायालकै दोष देखाउँदै भनिएको छ, ‘उक्त रिट निवेदनमा विधि र प्रक्रियाको पालनामा भएको कमी कमजोरीतर्फ यस इजलासको ध्यानाकर्षण हुन गएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Dilli Ram

    Ma tharo

    Comment Author

    Smadhab Bhurtel

    Aba khehi kam napayara tehi baki xa hoina ho ramro kamta garnai nahuni ba

    Comment Author

    Milanphuyal Badalphuyal

    no

    Comment Author

    Surendra Deuba

    Jel januipatx yasle

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?