मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा

सारांश

  • विराटनगर, ८ मंसिर :  मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
  • यातायात, खानेपानी, विद्युत् र नदी कटान र सुकुम्बासी यस क्षेत्रका मुख्य समस्या हुन् ।
  • प्राकृतिक सम्पदाले चाहिँ यो क्षेत्र मोरङको अन्य क्षेत्रभन्दा धनी रहेको छ ।

विराटनगर, ८ मंसिर :  मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यातायात, खानेपानी, विद्युत् र नदी कटान र सुकुम्बासी यस क्षेत्रका मुख्य समस्या हुन् । प्राकृतिक सम्पदाले चाहिँ यो क्षेत्र मोरङको अन्य क्षेत्रभन्दा धनी रहेको छ । यस क्षेत्रको अधिकांश भाग वन जंगल, हरिया डाँडाले भरिएको छ । अहिले पनि यस क्षेत्रको कतिपय स्थानमा विद्युत् तथा बाटोघाटोको असुविधा रहेको छ ।

यस क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा घनश्याम खतिवडाले प्रतिस्पर्धा गरिरहनुभएको छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बूले उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रका मतदाताको चाहना नै विद्युत्, नदी कटान नियन्त्रण, बाटोको निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य रहेको छ ।

नेपाली काँग्रेसका लिम्बूले घरदैलो अभियानमा आगामी पाँच वर्षभित्र यस क्षेत्रको बेरोजगारी र नदी कटानको समस्या समाधान गरिदिने आश्वासन मतदातालाई दिनुभएको छ ।

यस्तै, वाम गठबन्धनका खतिवडाले कोणसभा र घरदैलो अभियान सञ्चालन गर्दै बक्राहा नदीको दोहन गर्ने कार्य रोक्ने, तमोर नदीको पानी सुरुङमार्फत बक्राहा नदीमा खसाई जलविद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने, कृषकलाई आधुनिक कृषि गर्न प्रोत्साहन गर्ने, सुनसरीदेखि झापाको बाहुनडाँगीसम्म भित्री पक्की सडक निर्माण गर्ने वचनबद्धता प्रकट गरिरहनु भएको छ ।

दुवै दलका नेताले यस क्षेत्रमा रहेको सामुदायिक वनमा जडीबुडी खेतीमा प्रोत्साहन गर्ने, चिया, अलैँची खेतीका लागि सुविधा उपलब्ध गराउने, स्थानीय वनजंगलमा जंगली जनावरको संरक्षण गरी पर्यटक आकर्षण गर्ने, यस क्षेत्रमा रहेको जेफाले पर्यटकीयस्थलसम्म पुग्ने कालोपत्र सडक र विद्युत्को लाइनको निर्माण गर्ने वाचा गर्नुभएको छ ।

युवालाई रोजगारी, पक्की मोटरबाटो, विद्युत् तथा सिँचाइ सुविधा उपलब्ध गराउने वाचा मतदातासमक्ष गर्नुभएको छ ।

आगामी मंसिर २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट वाम तथा लोकतान्त्रिक गठबन्धनबाट को विजयी हुन्छ भन्ने अहिले नै आकलन गर्न सक्ने स्थिति छैन ।

मिक्लाजुङ गाविस–३ का रामप्रसाद अधिकारीले कालोपत्र सडक निर्माण वचनबद्धता व्यक्त गर्ने उम्मेदवारलाई आफूले मतदान गर्ने बताउनुभयो ।

यस्तै लेटाङ नगरपालिका–२ शेरबहादुर लिम्बूले हाम्रो होइन राम्रो उम्मेदवारले विकास निर्माणको कार्य गर्ने भएकाले त्यस्ता उम्मेदवारलाई मतदान गर्ने धारणा व्यक्त गर्नुभयो ।

यस क्षेत्रबाट नेपाली काँग्रेसले डिगबहादुर लिम्बू, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट फिवराज लिम्बू, नयाँ शक्ति पार्टी नेपालबाट हरिप्रसाद न्यौपाने, नेकपा (एमाले)बाट घनश्याम खतिवडा प्रतिनिसभामा उम्मेदवार रहेका छन् ।

यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजुकुमार लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ र स्वतन्त्रबाट क्रमशः यामप्रसाद दाहाल र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरिरहनुभएको छ ।

यस्तै, प्रदेश सदस्यमा क्षेत्र नं १ बाट एक महिलासहित ११ जना र २ बाट एक महिलासहित १० उम्मेदवारले प्रधिस्पर्धा गरिरहनुभएको छ ।

यस निर्वाचन क्षेत्रमा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी नगरपालिका रहेका छन् । यहाँ महिला मतदाता ५५ हजार ४९७ सहित कूल एक लाख सात हजार २३४ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
१७ दिनदेखि अध्यारो बनेको जुम्लामा डिजेल प्लान्ट जुम्ला पुग्यो
१७ दिनदेखि अध्यारो बनेको जुम्लामा डिजेल प्लान्ट जुम्ला पुग्यो
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान सहजै पराजित
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान सहजै पराजित
दुर्गममा एम्बुलेन्स कुर्दाकुर्दै मर्नुपर्छ
दुर्गममा एम्बुलेन्स कुर्दाकुर्दै मर्नुपर्छ
रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु
रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री
‘Yeh Hai Mohabbatein’ fame Mihika Verma blessed with a baby boy!
‘Yeh Hai Mohabbatein’ fame Mihika Verma blessed with a baby boy!
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
कर्णाली सरकारको विनियोजन विधेयकमाथि छलफल हुँदै
कर्णाली सरकारको विनियोजन विधेयकमाथि छलफल हुँदै

तपाईंले छुटाउनुभयो कि?