कला विश्वविद्यालयको आवश्यकता : मन्त्री अधिकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले कला विश्वविद्यालयको अवधारणा ल्याउन लागेको बताएका छन् ।
  • ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिका पहिचान’ भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपालको दोस्रो राष्ट्रिय नृत्य महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री अधिकारीले विश्वविद्यालयमार्फत कला, संस्कृति विषयमा उच्च शिक्षा हासिल गर्ने र त्यसमार्फत नयाँनयाँ प्रतिभा उत्पादन हुने बताए ।

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले कला विश्वविद्यालयको अवधारणा ल्याउन लागेको बताएका छन् ।

‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिका पहिचान’ भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपालको दोस्रो राष्ट्रिय नृत्य महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री अधिकारीले विश्वविद्यालयमार्फत कला, संस्कृति विषयमा उच्च शिक्षा हासिल गर्ने र त्यसमार्फत नयाँनयाँ प्रतिभा उत्पादन हुने बताए ।
उहाँले सांस्कृतिक एकता नेपालीको राष्ट्रियता भएको बताउँदै महोत्सव हिमाल, पहाड, तराई सबै ठाउँमा फैल्याउन आग्रहसमेत गरे । कला र संस्कृतिमा नेपाल संसारकै धनी भएको बताउँदै नेपाली कला, संस्कृति र सम्पदालाई संसारभर फैलाउनुपर्ने उल्लेख गरे ।

“नृत्य दिवस भनेको तीन करोड नेपाली सबै नाच्न सक्ने दिवसको हामीलाई खाँचो छ, बिदा दिने दिवसको होइन, दिवस भन्नेबितिक्कै बिदा होइन देशभरि नै नृत्यको माहोल सिर्जना गर्ने दिवसको अवश्यकता छ” मन्त्री अधिकारीले भने ।

कार्यक्रममा विभिन्न जातजाति र भाषाभाषीको संस्कृति र भेषभूषा झल्कने परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?