के साँच्चिकै सभामुख महराको पद धरापमा हो ?
सारांश
- काठमाडाैँ, १३ जेठ ।
- पूर्व एमाले र माअाेवादी केन्द्रकाे एकतापछि सभामुख र उपसभामुख एउटै पार्टीकाे भएकाेमा त्यसलार्इ अलग अलग पार्टीमा विभाजन गर्ने तयारी भइरहेकाे छ ।
- त्यसका लागि प्रतिनिधिसभाको सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीद्वारा राजपा अध्यक्ष महन्थ ठाकुरलाई प्रस्ताव गरिएकाे छ ।
काठमाडाैँ, १३ जेठ । पूर्व एमाले र माअाेवादी केन्द्रकाे एकतापछि सभामुख र उपसभामुख एउटै पार्टीकाे भएकाेमा त्यसलार्इ अलग अलग पार्टीमा विभाजन गर्ने तयारी भइरहेकाे छ ।
त्यसका लागि प्रतिनिधिसभाको सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीद्वारा राजपा अध्यक्ष महन्थ ठाकुरलाई प्रस्ताव गरिएकाे छ ।
राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागिता जनाउन र संवैधानिक निकायमा फरक फरक दलको नेतृत्व देखाउन नेकपाले राजपाका अध्यक्ष ठाकुरलाई सभामुख बन्न प्रस्ताव गरेको हो ।
गत जेठ ३ गते भएकाे पार्टी एकतापछि अहिले सभामुख र उपसभामुख एउटै दलका छन् । नेपालको संविधानको धारा ९१ को उपधारा २ को १ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ ।
यस्तै, नेपालको संविधानको धारा १८२ को उपधारा २ को १ मा प्रदेश सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया