औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा

सारांश

  • इनरुवा, २४ वैशाख, जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ ।
  • गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो ।
  • छुवाछूत मुक्त वडा घोषणा गर्नका लागि सबै सूचक पूरा गरी वडालाई छुवाछूत मुक्त वडा घोषणा गरेको आयोजक संस्थाका संयोजक बद्रीनारायण शर्माले जानकारी दिनुभयो ।

इनरुवा, २४ वैशाख, जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ ।

गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो ।

छुवाछूत मुक्त वडा घोषणा गर्नका लागि सबै सूचक पूरा गरी वडालाई छुवाछूत मुक्त वडा घोषणा गरेको आयोजक संस्थाका संयोजक बद्रीनारायण शर्माले जानकारी दिनुभयो ।

छुवाछूत मुक्त वडा घोषणा कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरी, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीका अध्यक्ष मानबहादुर रसाइलीलगायतकाले छुवाछूत मुक्त वडा घोषणा कार्यक्रम गरेर मात्र नहुने बताउनुहुँदै यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला सशक्तीकरणका लागि जनचेतना

महिला सशक्तीकरण र लंैगिक समावेशीकरणको महत्व बुझाउँदै सुनसरीको कोशी गाउँपालिका–२ पश्चिमकुशाहामा आइतबार अन्तर संवाद तथा लघु नाटक कार्यक्रम सम्पन्न भएको छ ।
यूएन ओमन र इक्वेल एक्सेसको आर्थिक सहयोग तथा सामुदायिक सारथीको आयोजनामा लघुनाटक तथा अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको आयोजक संस्थाका कार्यक्रम संयोजक निर्मला आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीले महिला सशक्तीकरणका लागि पढाइलाई जोड दिएर नाटक मञ्चन गरेका थिए । नाटक जीवन्त भएको र यस्ता नाटक हरेक गाउँ टोलमा लगेर देखाउन सके चेतना फैलने र सबैले छोरीलाई असल शिक्षा दिन प्रेरित गर्ने कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?