के साँच्चै पुनर्गठन हुँदैछ सरकार ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
के साँच्चै पुनर्गठन हुँदैछ सरकार ?

सारांश

  • काठमाडौं, १७ भदाै ।
  • प्रेस काउन्सिलद्वारा ‘क प्लस’ श्रेणीमा बर्गिकृत काठमाडौंबाट प्रकाशित दुईवटा साप्ताहिक म्यागेजिनको आइतवारको कभर स्टोरी एउटै छ– गृहमन्त्री रामबहादुर थापाको विषयमा।
  • नेपाल साप्ताहिकले ‘बादल बितण्डा’ र हिमालले ‘अव्यवस्था मन्त्री’ शीर्षकमा गृहमन्त्रीका काम कारवाहीको विषयलाई लिएर कभर स्टोरी लेखेका छन् ।

काठमाडौं, १७ भदाै । प्रेस काउन्सिलद्वारा ‘क प्लस’ श्रेणीमा बर्गिकृत काठमाडौंबाट प्रकाशित दुईवटा साप्ताहिक म्यागेजिनको आइतवारको कभर स्टोरी एउटै छ– गृहमन्त्री रामबहादुर थापाको विषयमा।नेपाल साप्ताहिकले ‘बादल बितण्डा’ र हिमालले ‘अव्यवस्था मन्त्री’ शीर्षकमा गृहमन्त्रीका काम कारवाहीको विषयलाई लिएर कभर स्टोरी लेखेका छन् । दुईवटा साप्ताहिक पत्रिकाको कभर स्टोरी एउटै भएको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

नेकपा कार्यकर्तामा रूपान्तरित पूर्वमाओवादी वृत्तले रामबहादुर थापाविरुद्ध मिडिया खनिएको भनेर टिप्पणी गरेका छन् । ‘यो कताकता प्रायोजितजस्तो देखिन्छ,’ नेकपाका एक नेताले भने ।गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयसम्म मिडियामा बादलले गरेका कामको चर्चा भएको थियो । खासगरी यातायात क्षेत्रमा सिन्डिकेट तोडिएको, काम नगर्ने ठेकेदारलाई समयमा काम पूरा गर्न निर्देशन दिएको लगायतका कामले बादल चर्चामा आएका थिए । प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने तथा भाषणभन्दा काममा बढी विश्वास गर्ने भनेर बादलको प्रशंसा भएको थियो ।  तर पछिल्ला दिनमा भएका कतिपय निर्णयका कारण गृहमन्त्री बादल विवादमा आए । केही हदसम्म सहयोगीका कामका कारण पनि बादल विवादमा तानिए ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृहमन्त्रालयमा लगेर दुर्व्यवहार गरिएको घटनाले विवाद चरमचुलीमा पुग्यो । त्यसअघि विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको घटनालाई लिएर सरकारको चर्को आलोचना भएको थियो ।

ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावलीविपरीत गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपशरण शैलीमा गृह मन्त्रालय पुर्‍याइएको भन्दै चिकित्सक संघले विज्ञप्ति नै निकालेर विरोध जनायो ।

पछिल्लो पटक संयुक्त राष्ट्रसंघको प्रमाणीकरणमा अयोग्य ठहरिएका पूर्वलडाकुलाई विमानस्थलबाट फर्काइएको घटनालाई लिएर सामाजिक सञ्जालमा गृह प्रसाशनको आलोचना भइरहेको छ ।सरकारले जतिसुकै बचाउ गरेपनि श्रृङ्खलाबद्ध ढंगले भइरहेका यस्ता घटनाले अन्तर्राष्ट्रिय समुदायमा सरकारको छवि धुमिल भइरहेको छ । लोकतान्त्रिक खुला समाजमा व्यक्तिको आवतजावत गर्न पाउने अधिकार कुण्ठित गरिएको तथा प्रवेशाज्ञा लिएर कुनै कार्यक्रममा जान लागेको व्यक्तिलाई रोक्न खोज्दा सरकार निरंकुश बन्न लागेको त होइन भन्ने आशंकालाई मलजल गर्न खोजेको छ ।

गृहमन्त्री स्वयंले पत्रकार सम्मेलन गरी काठमाडौंका विभिन्न क्षेत्रलाई विरोध प्रदर्शनमा रोक लगाउन गरेको निर्णय अदालतसम्म पुग्यो र सरकारको निर्णयमा अदालतले अंकुश लगाइदियो ।प्रतिनिधिसभा निर्वाचनमा आफूले रोजेको क्षेत्र नपाएको भन्दै चुनाव नलडेका रामबहादुर थापा राष्ट्रियसभाको सदस्य बनेर गृह प्रसाशनको नेतृत्वमा पुगे । असार ४ गते भएको गोलाप्रथामा थापाको कार्यकाल पूरै ६ वर्ष पर्‍यो । त्यसअर्थमा रामबहादुर थापा भाग्यमानी ठहरिए । तर उनले गर्न खोजेका काम एकपछि अर्को गरी विवादमा पर्दै गए ।

गृहमन्त्रीको कामकाजका विषयलाई लिएर सदनमै आवाज उठ्न थाले । प्रतिपक्षी दलका एक सांसदले त बादललाई ‘सिंघम होइन डन भनेर समेत टिप्पणी गरे ।

सारथी फेर्ने सोचमा प्रधानमन्त्री ?

फागुन ३ मा प्रधानमन्त्री नियुक्त केपी शर्मा ओली नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ ।५ महिने कार्यकालको फेहरिस्त पुस्तक नै बनाएर प्रकाशित भएपनि ओली सरकारको ६ महिनामा जनताले अपेक्षित परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।नेकपाका एक नेता भन्छन्– ‘प्रतिकूल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओली दैनिक १८ घण्टासम्म काममा खटिएका छन् । भाषणैपिच्छे जनताको जीवनमा परिवर्तन र समृद्धिको कुरा गरेका छन् । तर उनका सहयात्रीको काम भने सोही अनुरूपमा छैनन् । सरकार कताकता कुहिरोमा रुमल्लिएको कागजस्तो भएको छ । मेशिनरीले राम्ररी काम नगरेपछि प्रधानमन्त्रीले एक्लै केही गर्न सक्दैनन् ।’

संसदमा दुईतिहाइ बहुमत सहितको बलियो सरकार भएपनि जनताले त्यसको महसुस गर्न सकिरहेका छैनन् । बजार बिचौलियाले चलाइरहेका छन् । त्यसको ज्वलन्त उदाहरण कालीमाटी तरकारी बजारको अनुगमनमा सरकारी टोली थुनिएको र बुटवलमा अनुगमनको विरोधमा सुन पसल बन्द गरिएको घटना स्मरण गरे पुग्छ । कतिपय स्थानीत तहले स्वैच्छाचारी ढंगले बढाएको करका कारण ओली सरकार आलोचनाको शिकार भएको छ । नेकपाका एक नेताका अनुसार मन्त्रीहरूको कार्यशैलीप्रति प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट छैनन् । जनताको पक्षमा काम गर्न नसक्ने मन्त्रीलाई फेरबदल गर्ने सोचाइमा ओली रहेको पूर्व एमालेका एक नेता बताउँछन् ।

नेकपाका नेता देवेन्द्र पौडेल भने सरकार पुनर्गठनको हल्ला निराधार भएको र त्यस्तो आवश्यकता नभएको बताउँछन् । ‘सरकारले कामै गरेन भन्ने होइन, बजेटकको सिमितताका बाबजुद सरकारले केही राम्रा कामको शुरूवात गरेको छ,’ पौडेलले  भने, ‘चीन भारतसँग सन्तुलित सम्बन्ध राख्नु र भर्खरै बिमस्टेक सम्मेलन सम्पन्न गर्नुपनि सरकारको सफलता हो ।’नेता पौडेल गृहमन्त्रीले गरेका कामविरुद्ध प्रचारबाजी भएको बताउँछन् ।

(लोकान्तर बाट)

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Rk Paul Tmg

    Kp oli kaka le rajinama diyar sarkar punargathan garnu ramro hunxa hola

    Comment Author

    Thapachhabiraj Thapa

    Lok tantra ko Ab kam xaina

    Comment Author

    Induprasad Dhungel

    दुइ तिहाइ सरखार ज्यु हरुको जय होस् !!

    Comment Author

    Bhabin Chhantyal

    Mero bichar ma jaruri chha sabai pm cm sabai lai hatayer rabi dai lai pm banaunu jaruri chha ani balla cm ko lagi chhadnu parchha 2carod ko gari chandene mantri haru afnu paisa le bijuli bill tirne nasakne haru

    Comment Author

    Sharad Chandra Acharya

    Purano M.B. kaha gayo khola le bagayo vanera geet gaune vaye gaayekar haru le.

    Comment Author

    Subarna Shrestha

    Nagari sukhhai chaina ni .

    Comment Author

    Himaliyan Lion

    डाँका हरु

    Comment Author

    Jeevan Karki

    सरकार पुनर्गठन हैन
    सरकार चलाउने पाइलट हरुको दिमाग र सोच को पुनरगठ्न गर्ने जरुरी छ।

    Comment Author

    Uttam Dhital

    जति जे गरि पनि साच्चिकै ईमान्दार नेता लाई ईनि नेताहरूले मरिहत्ते गरे पनि गदाबि राख्ने छैनन् अरु यस्तै हाे जति फेर बदल गरेपनि ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?