पेट्रोल, डिजेलको मूल्य घट्यो, ग्यासको बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
पेट्रोल, डिजेलको मूल्य घट्यो, ग्यासको बढ्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।
  • निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको हो।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको हो। तर, खाना पकाउने ग्यास (एलपी ग्यास)को मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मुल्य अनुसार  काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?