१३औं साग पुरुष फुटबल– आज ५ बजे नेपाल र बंगलादेश भिड्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २२, २०७६
|
|
३१ पटक हेरिएको
Shares
१३औं साग पुरुष फुटबल– आज ५ बजे नेपाल र बंगलादेश भिड्दै

सारांश

  • काठमाडौं ।
  • १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।
  • खेल दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ ।

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।

खेल दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ । खेल राउण्ड रोविन लिगमा आधारित रहेको छ ।

फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ ।

नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ ।

हिजो भएको खेलमा भुटानले श्रीलंकालाई हराउँदै पहिलो पटक साग इतिहासको फुटबलमा फाइनल प्रवेश गरिसकेको छ । फाइनल पुगेपछि भुटानी राष्ट्रिय यू–२३ टिमका प्रशिक्षक पेमाले नेपाल फाइनलमा नपरे आफ्नो टिम अर्को इतिहास रच्न सफल हुने दाबी गरेका छन् ।

(fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक
विदेशीको स्वार्थमा नयाँ कानुन
विदेशीको स्वार्थमा नयाँ कानुन
“Site Oficial Da Mostbet No Brasil ️ Registro Rápido Mostbet Brasil Cassino Online 24 7 At The Empresa De Apostas? Caça-níqueis Licenciados, Fameuses Chances, Bônus Generosos E Promoções ️ Jogue De Graça Ou Por Dinheiro
इतिहासमा आज उत्तर र दक्षिण कोरियाबीच पहिलोपटक शान्तिवार्ता भएको दिन
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?

तपाईंले छुटाउनुभयो कि?