ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
५६ पटक हेरिएको
Shares
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी

सारांश

  • काठमाडौं ।
  • प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ ।
  • भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूताबासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी बुधबार अपरान्ह ओली निवास पुगेका थिए ।

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूताबासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी बुधबार अपरान्ह ओली निवास पुगेका थिए । उक्त समारोहमा विदेशमन्त्री स्वराज पनि आउने र उनले ओलीको उपस्थिति भइदिए हुन्थ्यो भन्ने शन्देश पठाएको पुरीले बताए ।
मृगौला प्रत्यारोपणपछि स्वराजको पहिलो सार्वजनिक कार्यक्रम काठमाडौंमा आयोजना हुन लागेको पुरीले बताए । उनले ओलीको उपस्थितिका लागि जोड गरेको स्रोतले जनाएको छ ।

नाकाबन्दीपछि ओली काठमाडौंस्थित भारतीय दूतावासको कार्यक्रमहरुमा सहभागी हुन छाडेका छन् ।

भेटमा दुई देशको सम्वन्धबारे पनि कुराकानी भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले केही प्रायोजित व्यक्तिहरु नेपाल भारत सम्बन्ध बिगार्न लागि परेको बताएका छन् ।

ओलीको भनाइ उधृत गर्दै स्वकीय सचिव अनिश दाहालले भने, ‘नेपाल भारत सम्बन्ध बिगतमा पनि नराम्रो थिएन । केही केही ‘पेड’ मान्छेहरु व्यक्तिगत स्वार्थका लागि सम्बन्ध बिगार्न लागेका हुन् । धेरै छैनन्, एक दुई दर्जन मान्छे छन् ।

त्यस्ता व्यक्तिहरुका कारण सम्बन्धमा केही उतारचढाव आए पनि राजनीतिक र जनस्तरमा सम्बन्ध नबिगि्रएको ओलीले बताए । जवाफमा राजदूत पुरीले कसैले चाहेर पनि नेपाल भारत सम्बन्ध बिग्रन नसक्ने बताएका थिए ।

एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच चुनावी चर्चा समेत भएको बताइएको छ । पुरीले एमाले पहिलो पार्टी भएकोमा ओलीलाई बधाई समेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै
आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै
कति छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर ?
कति छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर ?
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
आज श्रीकृष्ण जन्माष्टमी पर्व
आज श्रीकृष्ण जन्माष्टमी पर्व
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग