अध्यक्षको लागि नेविसंघ सिरहामा विवाद

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अध्यक्षको लागि नेविसंघ सिरहामा विवाद

सारांश

  • अस्बीन खडका  सिरहा २ जेठ  एक अध्यक्षको पदको जिम्मेवारी बेग्लाबेग्लै समुहका २जना लाई दिएपछि सिरहामा विवाद उत्पन्न भएको छ।
  • संस्थापन पक्षकानेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर तर्फबाट माधव ढकालले मोहम्बत मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनीत गरेको पत्र पठाएपछि दुबै समुह बिच विवाद बढेको नेविसंघका एक स्थानीय नेताले बताए।
  • चौधरी र मुस्ताकलाई मनोनीत गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन्।

अस्बीन खडका
 सिरहा २ जेठ 

एक अध्यक्षको पदको जिम्मेवारी बेग्लाबेग्लै समुहका २जना लाई दिएपछि सिरहामा विवाद उत्पन्न भएको छ।

संस्थापन पक्षकानेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर तर्फबाट माधव ढकालले मोहम्बत मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनीत गरेको पत्र पठाएपछि दुबै समुह बिच विवाद बढेको नेविसंघका एक स्थानीय नेताले बताए।

चौधरी र मुस्ताकलाई मनोनीत गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन्। नेविसंघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहे पनि लामो समयदेखि नेविसंघ सिरहाको अध्यक्ष मा कोई छैन।

जिल्ला सभापति कांग्रेस सिरहाका रामचन्द्र यादवले नेबिसंघका जिल्ला अध्यक्ष मनोनयनको विषयमा आफूलाई नेविसंघको कुनै केन्द्रीय पदाधिकारीले समन्वय तथा केहि सुचना नगरेको बताएका छन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?