कोरियाली सीमामा दुई देशका राष्ट्रप्रमुखबीच तानातान (फोटो फिचरसहित)
सारांश
- काठमाडौं, १४ बैशाख ।
- कोरियाली जनताको लागि शुक्रवार (आज )को दिन ऐतिहासिक मात्रै होईन, दुवै देशका जनता स्तब्ध बन्ने दिनको रुपमा समेत रह्यो ।
- दुवै देशका राष्ट्रप्रमुखका बीचमा भएको भेटवार्ताले विश्वभर तरंग फैलिएको छ ।
काठमाडौं, १४ बैशाख । कोरियाली जनताको लागि शुक्रवार (आज )को दिन ऐतिहासिक मात्रै होईन, दुवै देशका जनता स्तब्ध बन्ने दिनको रुपमा समेत रह्यो ।
दुवै देशका राष्ट्रप्रमुखका बीचमा भएको भेटवार्ताले विश्वभर तरंग फैलिएको छ । दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता सुरु हुनुअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच भेटवार्ता भएको छ ।
सीमा क्षेत्रमा भएको भेटमा सुरुमा दुवै देशका राष्ट्र प्रमुख आ–आफ्नो सीमा क्षेत्रमा उभिएर आत्मिएका साटासाट गरे । लगत्तै दक्षिण कोरियाका राष्ट्रपति मुन इनले उत्तर कोरियाली सर्वोच्च नेता किम उनलाई आफ्नो सीमा क्षेत्रमा बोलाए । मुनले हातले इसारा गरे ।
किम सीमा छुट्टाउने पर्खाल नाघ्दै दक्षिण कोरियाको भूमिमा प्रवेश गरे । पुनः दुई देशका राष्ट्र प्रमुखले हात मिलाएर आत्मियता साटासाट गरे । त्यसपछि दक्षिण कोरियाका राष्ट्रपतिले शिखर सम्मेलनतर्फ अघि बढ्न आग्रह गरे । तर, उत्तर कोरियाका सर्वोच्च नेता किम उनले उत्तर कोरिया तर्फ निम्त्याए । दक्षिण कोरियाका राष्ट्रपति मून अल्मिलिए ।
किमले हातमा समातेरै सीमा क्षेत्रबाट उत्तर कोरियाको भूमिसम्म पु¥याए । किमले दायाँ हातले राष्ट्रपति मुनको बायाँ हात समाते अनि सीमा लगाइएको पर्खाल पार गराउँदै उत्तर कोरियाली भूमिमा पु¥याए । दुवै देशका राष्ट्रप्रमुखहरुले एकअर्काप्रति आत्मियता दर्शाए ।
यो दृष्य सिंगो कोरियाभर प्रत्यक्ष प्रशारण भइरहेको थियो । विमानस्थलका टर्मिनल तथा रेलवे स्टेशन तथा ठूला शपिङ कम्प्लेक्स अगाडि उभिएर प्रत्यक्ष हेरिरहेकाहरु एकाएक स्तब्ध बने । ६५ वर्षअघि एउटै देश रहेको कोरिया लामो समयदेखि दुई देशका रुपमा शत्रुतापूर्ण व्यवहार सहित उभिरहेका छन् । दक्षिण कोरिया अमेरिकाका सहयोगमा आर्थिक समृद्धि गर्ने अभियानमा छ भने उत्तर कोरिया देश विभाजन गराउन भूमिका खेल्ने अमेरिकासँग बदला लिने र दुई कोरिया एकीकरण हुनुपर्ने अडान सहित उभिएका छन् ।
शुक्रबारको दुई देशका राष्ट्र प्रमुखहरु भेटवार्ता भएको दृष्य र अनि आफ्नो भूमिमा आमन्त्रण गर्दै हात समातेर एक अर्काप्रति दर्शाएको आत्मियताले कोरियाली जनता स्तब्ध बनेका छन् । यही आत्मियता लामो समयदेखि उनीहरुको प्रतिक्षाको घडि थियो ।
युद्धको निःशस्त्रीकरण गरिएको गाउँ पानमुनजोमको दक्षिणतर्फको भू–भागमा बनाइएको भवनमा दुई नेताबीच शिखर सम्मेलनमा भाग लिन उत्तर कोरियाली नेता किम जोङ उन दक्षिण कोरिया पुगेका हुन् । उत्तर कोरियाली सर्वोच्च नेता ६५ वर्षअघि भएको कोरियाली युद्धपछि पहिलो पटक दक्षिण कोरियाको भूमिमा टेकेका हुन् ।


प्रतिक्रिया