सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न

सारांश

  • लमजुङ ।
  • पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ ।
  • कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए ।

लमजुङ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ ।

कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ ।

मुख्य सुरुङको २०÷२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ ।

आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल रु आठ अर्ब ८० करोडको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित रु १० अर्ब ३९ करोड देखि ५० करोडसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ ।

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए)गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।

पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए)सम्झौता गरिएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु
​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने
राप्रपा छाडेर कोमल वली एमाले प्रवेश गर्दै
राप्रपा छाडेर कोमल वली एमाले प्रवेश गर्दै
ऋषि धमलासँग अन्तरवार्ता दिएका बानियाँ र बस्न्यातमाथि कारबाही : यस्तो थियो कुराकानी
संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!
संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!